एक महिना मै सिद्धार्थ इक्वीटी फण्डको नाफा दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 10:05:41 AM मा प्रकाशित

laxmi  sunrise bank

माघ मसान्तमा सिद्धार्थ म्युचुअल फण्डका दुई योजना नाफामा रहेका छन्। 

सिद्धार्थ इक्वीटी फण्डले माघ मसान्तसम्ममा १२ करोड ७९ लाख ७५ हजार नाफा गरेको छ । योजनाले पुस मसान्तमा ६ करोड ६० लाख ३४ हजार मात्र नाफा गरेको थियो । योजनाको नाफा एक महिनामा दोब्बरले बढेको हो । योजनाको आम्दानी बढेसँगै नाफा बढेको हो ।

गत पुस मसान्तमा ८ करोड ४२ लाख ८६ हजार आम्दानी गरेको यस योजनाले माघ मसान्तमा १४ करोड ९३ लाख १८ हजार आम्दानी गरेको छ । योजनाको प्रति इकाई खुद सम्पती मुल्य (एनएभि) ११ रुपैया रहेको छ । योजनाले सुचिकृत कम्पनीहरुमा माघ मसान्तमा ९४ करोड ९२ लाख ९५ हजर रुपैँया लगानी गरेको छ ।

 योजनाले पुस मसान्तमा १ अर्व ९ लाख भन्दा माथि सेयरमा लगानी गरेको थियो ।  योजनाले पुस मसान्तमा ३६ लाख ३१ हजार ४ सय ५७ कित्तामा लगानी गरेको थियो भने माघ मसान्तमा ३६ लाख ५५ हजार ७ सय ३४ कित्तामा लगानी गरेको छ ।  पुसको तुलनामा २४ हजार २ सय ७७ कित्तामा बढी लगानी गरेको छ । 

साथै, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले माघ मसान्तमा सूचिकृत सेयरमा ५८ करोड १७ लाख ६५ हजार लगानी गरेको छ । योजनाले पुस मसान्तमा ५५ करोड ६९ लाख ९१ हजार लगानी गरेको थियो । माघ मसान्तमा योजनाले ९ करोड ९३ करोड १३ लाख नाफा गरेको छ । योजनाले पुस मसान्तमा ५ करोड ६४ लाख ८२ हजार नाफा गरेको थियो । योजनाका खुद सम्पत्ति  मुल्य १० दशमलव ८३ रुपैँया छ । यस योजनाको आम्दनी बढेपछि नाफा बढेको हो ।

यि दुबै योजनाको व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved