इम्बोस प्रिन्ट सहित यी ८ विशेषता भएका सयको नयाँ नोट बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 12:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सय रुपैयाँ नयाँ नोटहरु चलनचल्तीमा ल्याएको छ। बैंकले  वि.सं. २०७५ (नोटको अग्रभागमा लेखिएको) अथवा  2019 A.D. (नोटको पृष्ठभागमा लेखिएको) नोटहरु प्रयोगमाल्याएको हो  । उक्त सिरिजभन्दा अघिल्ला नोटहरुमा भएका सुरक्षण विशेषताहरु केही फरक रहेका राष्ट्र बैंकले जनाएको छ । 


यस्ता छन् नयाँ नोटका विशेषता ः 

नोटको अगाडीको भागमा 

१. पानीछाप


नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा लालीगुराँसको पानीछाप स्पष्ट देखिन्छ ।


२, सी थ्रु रजिष्टर

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अक्षर NRB   स्पष्ट र पूर्ण रुपमा मिलेको देखिन्छ ।


३. सुरक्षण धागा 

नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अक्षर NRB र अंक 100 देखिन्छ । नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको छ ।


४. महसुस हुने मसी

नोटको अग्रभागमा छापिएका वाक्यांशहरुलाई छाम्दा उठेको महसुस हुन्छ ।


५. फरक क्षमता भएका दृष्टिविहीन मैत्री विशेषता

नोटमा रहेको एक वटा  गोलाकार थोप्लालाई छाम्दा उठेको महसुस हुन्छ ।


६. इम्बोस प्रिन्ट

नोटमा मायादेवीको आकृति भएको स्थानमा छाम्दा उठेको महसुस हुन्छ ।


नोटको पछाडिको भागमा

७. रङ्ग परिवर्तन हुने सुरक्षण धागो

नोटमा रहेको सुरक्षण धागोलाई सामान्य अवस्थामा हेर्दा रातो रङ्गको र ढल्काएर हेर्दा हरियो रङ्गको देखिन्छ ।


८. रङ्ग परिवर्तन हुने इम्बोस प्रिन्ट

नोटमा मायादेवीको आकृति भएको स्थानलाई ढल्काएर हेर्दा चाँदी रङ्गको देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved