नेपालमा कोरोना भाइरसको छैँठौँ संक्रमित भेटिएका छन् । चैत्र ४ गते कतारको दोहाबाट काठमाडौँ आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले आज बिहिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बागलुङकै ६५ वर्षीया वृद्धामा संक्रमित भेटिएको जानकारी दिएका हुन् । आज संक्रमण पुष्टि भएका व्यक्ति पनि यसअघि संक्रमण पुष्टि भएका २ जना आएकै कतार एयरवेजको क्यूआर ६५२ नम्बरको विमानमार्फत काठमाडौँ आएका हुन् ।
यसअघि पनि सोही जहाजमा काठमाडौँ आएका बागलुङकै एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।