मेगा बैंकले कोरोना नियन्त्रण कोषमा १ करोड ३५ लाख सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 05:57:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।

बैंकले केन्द्रको कोषमा रु एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा रु पाँच÷पाँच लाख गरी जम्मा रु एक करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिईन ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved