अपर तामाकोशी र मेलम्चीको काम सूचारु गर्न सरकारको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 07:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय गौरवका आयोजनामा बाहिरका कामदारको प्रवेश रोक्ने निर्णय गरेको छ । आज बिहिबार बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले माथिल्लो तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजना लगायतका ठूला विकासे आयोजनामा बाहिरका कामदारलाई प्रवेश नदिने निर्णय गरेको हो । 

समितिका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आयोजना भित्रै बसेका कामदारलाई नै सतर्कता अपनाएर काममा लगाउने निर्णय भएको बताएका हुन् । उनले बाहिर रहेका कामदारलाई भित्र प्रवेश गर्न नदिने र भित्रै रहेका कामदारबाट काम सिचारू गर्ने निर्णय भएको बताए  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved