कोरोनाका कारण भारतमा ७२ को मृत्य, २५ सय बढी संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 08:24:03 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भारतमा बिहिबार एकै दिन १४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७२ पुगेको हो । त्यस्तै संक्रमितको संख्या २५४३  पुगेको छ । 

७ लाख बढी बस्दै आएको भारतको धराभी स्थित सुकुम्बासी वस्तीमा पनि भाइरसको संक्रमण देखिएको छ । बुधबार धराभीमा एक व्यक्तिको भाइरसको संक्रमणको कारण मृत्यु भएको थियो भने बुधबार सोहि इलाकामा दोस्रो संक्रमण देखिएको थियो । सोहि स्थानमा बिहिबार तेस्रो सक्रमित व्यक्ति फेला परेका छन् । धराभी भारतको महाराष्ट्रमा पर्दछ  । महाराष्ट्र नै सबै भन्दा बढी कोरोनाको संक्रमण देखिएको छ  ।  

२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त सुकुम्वासी वस्तीमा भाइरस फैलिए नियन्त्रण बाहिर जाने विज्ञहरुले चेतावनी दिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved