९ बजे ९ मिनेटसम्म देशभरको बत्ति निभाएर मैनबत्ति बाल्न मोदीको अपिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 09:44:10 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार बेलुका ९ बजे ९ मिनेटसम्म देशभरिको बत्ति निभाउन नागरिकलाई अपिल गरेका छन् । शुक्रबार बिहान एक भिडियो संदेश मार्फत उनले अप्रिल ५ तारिखको दिन बेलुका ९ मिनेटसम्म बत्ति निभाउन आग्रह गरेका हुन् 

उनले ९ मिनेट बत्ति निभाएर त्यसको सट्टामा मैनबत्ती, दियो, टर्च, मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका हुन् । कोरोना भाइरसले ल्याएको अन्धकारबाट प्रकाशतर्फ जानलाई उनले देशवासीलाई यस्तो आग्रह गरेका हुन् 

उनले त्यस दिन १३० करोड नागरिकलाई घरको ढोकामा वा बार्दलीमा बसेर मैनबत्ती, दियो, टर्च, मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका हुन् । यो गर्दै गर्दा कोरोनाबाट जोगिन अवलम्बन गरिएको भैतिक दुरी भने कायम नै राख्न उनले आग्रह गरे। 

१३० करोड एकजुट भएर यसो गर्दा जुनसुक्सै महाशक्ति पराजित हुने र यसले कोरोना बिरुद्दको लडाईमा आफु एक्लो नभई सिंगो देश एक रहेको संदेश जाने उनले बताए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved