कोरोना बिरुद्द लड्न सञ्चय कोषले दियो ५ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 11:36:20 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ । कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि कोषमा रकम जम्मा गरेको जनाएको छ  ।  

संचय कोषले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको हो ।  

कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव  राजस्व ) का रामशरण  पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको  लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved