लकडाउनको अवधिमा काठमाडौँबाट ७ अन्तराष्ट्रिय उडान, कति यात्रु बाहिरिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 04:35:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट विभिन्न देशले आफ्ना नागरिक फिर्ता लैजाने क्रम आजबाट रोकिने भएको छ । लकडाउनका बेला अन्तराष्ट्रिय हवाइ उडानमा प्रतिवन्ध लागेसँगै नेपाल आएर रोकिएका विदेशी पर्यटकको उद्दार आज राति १२ बजेदेखि रोकिने भएको हो । नेपाल पर्यटन बोर्डले अब लकडाउन अवधिभर पर्यटक जहाँ रहेका छन्, त्यही बस्नुपर्ने बताएको छ । 

आज शुक्रबार पनि लुक्ला र फाप्लुबाट २८ पर्यटकको उद्धार गरेर काठमाडौं ल्याइएको छ । आजै पोखराबाट दुईवटा पर्यटक बसमा पर्यटकहरु काठमाडौं आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैत्र २१ राति १२ बजेसम्म नेपालभर रहेका विदेशी पर्यटकलाई काठमाडौँ ल्याइसक्ने बताएको थियो । शुक्रबारदेखि काठमाडौं बाहिरबाट पर्यटकलाई काठमाडौँ ल्याउने काम बन्द भएपनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने सम्बन्धित देशले आफ्नै मूलुकमा फिर्ता लैजान सक्ने मन्त्रालयले बताएको छ । 

१७ सय बढीको उद्वार 

नेपाल टुरिजम बोर्डले लकडाउन सुरु भएपछि १ हजार ७०८ जना पर्यटकलाई उद्वार गरेर काठमाडौँ ल्याईएको जनाएको छ । जर्मन, फ्रान्स, चीन लगायतका देशका नागरिकलाई नेपालको विभिन्न ठाउँबाट उदुवार गरी काठमाडौँ ल्याईएको हो । 

यी मध्ये धेरैजसो पर्यटक सम्बन्धित देशका राजदूतावासले विमान चार्टर गरेर फिर्ता लगिसकेका छन् । नागरिक फिर्ता लैजाने देशहरुमा धेरैजसो युरोपियन देशहरु छन् । 

कति भए चार्टर उडान ? 

नेपालमा आएका पर्यटकहरु लकडाउनका कारण रोकिएपछि उद्वार गरेर काठमाडौँमा ल्याएर सम्बन्धित देशमा धमाधम पठाउने काम भईरहेको छ । नेपालस्थित विभिन्न देशका दूतावासहरुले समन्य गरेर आफ्ना नागरिक फिर्ता लगिरहेका छन् । 

हालसम्म कतार एयरवेजका तीन जहाजले युरोपका विभिन्न देशमा चार्टर उडान गरिसकेका छन् । अमेरिकन दूतावासले कतार एयरवेजकै जहाजमार्फत आफ्ना नागरिक फिर्ता लगेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डले नेपाल वायुसेवा निगमको वाईडबडी जहाज चार्टर गरेर आफ्ना नागरिक फिर्ता लगेको छ । नेदरल्याण्ड्सले मलेसियन एयरको जहाज प्रयोग गरेर आफ्ना नागरिक लगेको छ । 

लकडाउनको समयमा भएका अन्तराष्ट्रिय उडानबाट १४ सय विदेशी नागरिक सम्बन्धित देशमा फर्काईएको भनिएपनि कुन देशका कति नागरिक फर्किए भन्नेबारे यकिन तथ्यांक भने आउन बाँकी छ । 

लाईनमा कति ?

यसअघि आफ्ना नागरिक फिर्ता लगेका देशबाहेक अन्य देशले पनि आफ्ना नागरिक फिर्ता लैजाने तयारी थालेका छन् । अष्ट्रिया र चेक गणतन्त्रले आफ्ना नागरिक फिर्ता लैजाने तयारी अन्तिम चरणमा पुर्याएको छ । यी दुबै देशले मलेसियन एयरको जहाज चार्टर गरेर आफ्ना देशका नागरिक फिर्ता लैजाने भएका छन् । 

कोरिया र बेलायतले नागरिक लैजान तयारी सुरु गरेका छन् । जर्मनीले भने उतैबाट जहाज चार्टर गरेर नेपाल पठाउने र यहाँबाट आफ्ना नागरिक लिएर जाने गरी तयारी थालेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved