प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 10:56:16 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited को साधारणसभा सम्पन्न भएको छ। असार १९ गते आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गरिएको साधारण  सभाले आर्थिक वर्ष ७५र७६ को आर्थिक प्रतिवेदन, लेखापरीकक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालक चयन गर्ने काम गरेको छ। 

गत आर्थिक बर्ष १ अर्ब ६४ करोड ६७ लाख बीमा शुल्क आर्जन गरेको प्रिमियर इन्स्योरेन्सले  गत बर्ष २६ करोड ५८ लाख खुद मुनाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक बर्षबाट सेयरधनीलाई लाभांश नदिने निर्णय यसअघि नै गरेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुंजी १ अर्ब ७ करोड ४५ लाख रहेको छ। 

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना केदार नारायण मानन्धर र बलराम श्रेष्ठलाई संचालकमा पुनर्नियुक्त गरेको छ। साधारणसभा प्रयोजनको लागि कम्पनीले असार ४ देखि १९ गतेसम बुक क्लोज गरेको थियो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved