मन्त्रीहरुलाई प्रधानमन्त्रीको चेतावनी, ‘तपाईहरु कुन कित्तामा उभिने क्लियर गर्नुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 09:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । शनिबार साँझ बालुवाटारस्थित सरकारी निवास मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर उनले मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन् ।

‘मेराविरुद्ध षडयन्त्रहरु भईरहेका छन्, मसँगै राष्ट्रपतिका विरुद्ध पनि भएका षडयन्त्रहरुलाई बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने, ‘यस्तोबेलामा तपाईहरु कुन कित्तामा हो भनेर मैले सोध्नुपर्ने हुनसक्छ । सोध्दाखेरी तपाईहरुले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’

आजै मन्त्रीहरुसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved