आज आइतबार कोरोना भाइरसका २९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार २९३ जना थप संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६ हजार ५ सय ४७ जना डिस्चार्ज भएका छन् ।
हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ ।