साधना लघुवित्तको आईपिओमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 05:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै ४ गुणा बढीको आवेदन परेको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा १ लाख ७ हजार ६ सय ३० आवेदकले २७ लाख ९४ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिएका छन्।  यो कम्पनीले माग गरेको भन्दा ४.२२ गुणा बढी हो 

कम्पनीले आज असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । 

आवेदन दिनको लागि छिटोमा असार २४ र सो समयसम्म पर्याप्त आवेदन नपरे ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

 आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved