एनआईबीएल एस क्यापिटलमा डिम्याट खाता र मेरो सेयर भएका ग्राहकको वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सकिने भएको छ । क्यापिटलले ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको जनाएको छ ।
क्यापिटलले व्यवसाय एवं स्टार्ट अपहरूलाई कोभिड–१९ बाट परेको प्रभावको लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरूको सुझाव र पुँजी व्यवस्थापनमा सहयोग प्रदान गर्ने उद्देश्यले नयाँ दुई थरी एडभाइजरी प्रडक्ट सञ्चालनमा ल्याएको जनाएको छ ।
क्यापिटलका अनुसार व्यवसायको पुँजी जुटाउन र तत्कालीन समस्याको समाधानमा विकल्पहरूको खोजीमा समेत सहयोग गर्ने उद्देश्यले स्टार्टअप सेटअप एन्ड क्यापिटल फन्डिङ नामक सेवा ल्याएको हो । उक्त सेवाले ग्राहकलाई पुँजी जुटाउन, बजारको लेखाजोखा एवं वित्तीय सम्भाव्यताको अध्ययन गर्नमा सघाउ पु¥याउने जनाइएको छ ।
क्यापिटलले अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवनबिमा, निर्जीवन बिमा, माइक्रो फाइनान्स र जलविद्युत् कम्पनीहरूलाई आइपिओ, एफपिओ बिक्री प्रबन्ध तथा व्यवस्थापनको सेवाका साथै परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
एनआइबिएल एस क्यापिटल सेयरबजार तथा लगानी प्रबन्धको एउटा व्यावसायिक स्थापित संस्था हो ।