पुष ५ गतेको लगानी रणनीति: बजार हिजो कस्तो रह्यो, आज के गर्ने ? (सम्पूर्ण जानकारी सहितको विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 10:55:12 AM मा प्रकाशित

laxmi  sunrise bank

घट्ने क्रमले निरन्तरता पाउँदै बुधबारको कारोबारमा समेत ५.४६ अंकले घटेर बजार परिसूचक नेप्से ११६२.७० को बिन्दुमा आईपुगेको छ। मंगलबारको कारोबारको तुलनामा बुधबारको कारोबारमा भारि गिरावट आएको छ। बुधबारको कारोबारमा कारोबार संख्या र रकम दुवै अघिल्लो दिनको तुलनामा घटेको छ। 

त्यस्तै विकास बैंक र निर्जीवन बीमा बाहेक अन्य उपसूचक घटेका छन। बुधबारको कारोबारमा बैंकिङ सबै भन्दा धेरै ०.८४ प्रतिशतले घटेको छ भने बैंकिङ उपसूचकलाई पछ्याउदै जीवन बिमा समुह ०.६७, लघुवित्त ०.४५ प्रतिशतले घटेको छ।   

लाभांश घोषणा गरेकै दिन हिमालयन बैंकको सेयर मुल्य घटेको छ। हिमालयन बैंक संगै ङादी पावर, एनएमबि माइक्रोफाइनान्सओ शेयर मूल्य सर्बाधिक घटेको छ । त्यस्तै सर्बाधिक कमाउनेमा कावेली विकास बैंक, विजय लघुवित्त, र गरिमा विकास बैंक रहेका छन्  ।   

अन्तत: मुद्रा र सेयरबजारमा उत्पन्न समस्या र समाधानका लागि गठित समितिले अर्थमन्त्रालयलाई ५८ बुंदे प्रतिबेदन बुझाएको छ। सेयरलगानीकर्ताहरुको समुहबाट उठाइएका ९० प्रतिशत माग प्रतिवेदनमा समेटिएको समाचार बाहिर आएको छ। 

प्रतिबेदनमा मार्जिन कर्जा र शेयर धितो कर्जालाई छुट्टाछुट्टै बनाउन, शेयर धितोकर्जाको जोखिम भार १०० प्रतिशतमा ल्याउन, ब्रोकर मार्फत मार्जिन कर्जा कार्यन्वयन ल्याउन, बैक मार्फत शेयर कर्जाको ब्यबस्था गर्न, शेयर धितो मूल्यांकन ६५% बनाउन , शेयर धितोमा प्रवाह हुने कर्जाको सिमा प्राथमिक पुजीको २५% बाट बढाएर ४०% बनाउन ,हकप्रद र बोनसको कारण मुल्य समायोजन हुँदा मार्जिन कल आउने समस्यालाई हटाउन सुझाव दिइएको बताईएको छ । 

त्यस्तै प्रतिबेदनमा गैर आवासीय नेपाली र वैदेशिक संस्थालाई पुजि बजारमा ल्याउन र वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमक निकायको ब्यबस्था गर्न सुझाव दिइएको छ। एक महिना भित्र पुर्ण स्वचालित अनलाइन प्रणाली कार्यन्वयन गर्न, बैंक र सिडिएससी प्रणालीमा समेत सिस्टम इन्टिग्रेट गरी कार्यन्यन गर्ने, ब्रोकर कमिसन घटाउन, पुजीगत लाभकर समेत घटाउन, र लगानीकर्ता सचेतना कार्यक्रममा ना्फाबाट रकम छुट्याउन,  settlement ग्यारेन्टी फन्ड, Insider trading नियन्त्रण गर्ने कानुनको ब्यबस्था गर्नको लागि सुझाव दिएको बुझिएको छ । त्यस्तै न्यून चुक्ता पुजिका कम्पनीहरु otc मा दर्ता हुने र वास्तविक क्षेत्रका कम्पनीहरुको संस्थापक शेयरको locking period थप्ने र FPO निस्कासन गर्ने कम्पनीले Networth भन्दा बढीमा निस्कासन गर्न नपाउने र Real sector का कम्पनीहरुले networth को २ गुणा भन्दा बढीमा शेयर निष्कासन गर्न नपाउने ब्यबस्था गर्न पनि प्रतिवेदनमा समाबेश भएको भनिएको छ । 

नेप्सेमा रहेको नेपाल सरकार र रास्ट्र बैकको शेयर बिक्री गरि पुनर्संरचना गर्न, T plus 1 सेटल्मेन्ट प्रणाली कार्यान्वयनमा ल्याउन, बैंकलाई ब्रोकर लाईसेन्स दिन, हाल रहेकै ब्रोकर कम्पनी बैकले खरिद गर्न सक्ने तथा बोर्कर एकआपसमा गाभिन सक्ने ब्यबस्था समेत प्रतिबेदनमा राखिएको बताईएको छ । हालको सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्न, ग्रेड ४ माथीका कम्पनीहरुको IPO निस्कासन गर्न नपाउने ब्यबस्था गर्न, एक अर्ब चुक्ता पुजीका कम्पनीहरु तत्काल पुजिबजारमा ल्याउने ब्यवस्था गर्ने सुझाव पनि प्रतिवेदनमा सम्तिएको बताईएको  छ ।

लगानीकर्ताहरुको आवाजलाई समेटी हिजोका दिनहरुमा उठाएका अधिकांस मागहरू यस प्रतिबेदनमा समेटिएको दाबी गरिएको छ । कार्यन्यनको समय सिमा र जिम्मेवार निकाय समेत तोकिएको यस प्रतिबेदनको कार्यन्यन भएमा नेपालको पूंजी बजार एकाईसौ सताब्दि सुहाउदो हुने बिश्वास लिइएको छ।






मुख्य बजार समाचार 

-आंखु खोला हाइड्रोको ८० लाख कित्ता आइपीओ सुचिकृत 

-आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयरको सेयर मुल्य समायोजन 

-हिमालयन बैंकद्वारा ५ प्रतिशत बोनस र १०।७८९५ नगद लाभांश घोषणा

-मेगा बैंकद्वारा १ प्रतिशत बोनस र ६।८५ प्रतिशत नगद लाभांश घोषणा 

-सनराइज बैंकको ११औं बार्षिक साधारणसभा २९ पुषमा, ११।५ प्रतिशत नगद लाभांश घोषणा 

-सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ४ प्रतिशत बोनस सेयर र ५।३० प्रतिशत नगद लाभांश घोषणा

-बेस्ट फाइनान्सले पुष ११ देखि माघ १० सम्म अवितरित ५ लाख ५७ हजार ७७४।५७ कित्ता संस्थापक सेयर र २ लाख ४७ हजार ३०९।९० कित्ता साधारण सेयर लिलाम मार्फत बिक्रि गर्ने  

बिहीबारका मुख्य इभेन्ट्स

-नाडेप लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद, एभरेष्ट इन्स्योंरेसको १०५ प्रतिशत हकप्रद, महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत र किसान माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद बिक्रि जारी

-सिद्दार्थ बैंकको '१०।५ प्रतिशत ब्याजदरको डिबेन्चर २०८२' को इकाई बिक्रि जारी  

-सानिमा बैंकको '१० प्रतिशत ब्याजदरको सानिमा डिबेन्चर २०८५' को इकाई बिक्रि जारी  





आउटलुक:



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। 


नोट:
बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved