पुष ८ गतेको लगानी रणनीति: यी ५ कम्पनीको सेयरमा लगानीले फाइदा दिन सक्छ! (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 11:35:07 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबारको कारोबारमा बजार परिसूचक नेप्से सामान्य अंकले माथि उक्लिएको छ। पछिल्ला दुई दिनसम्म लिएको ओरालो गतिलाइ बिराम लगाउदै नेप्से ३।२८ अंकले बढेर  ११६५।९७ को बिन्दुमा पुगेको छ। 

बिहिबारको कारोबारमा हाइड्रोपावर, बिकास बैंक, जीवन बीमा, बैंकिङका उपसूचकहरु क्रमश: ०।९७, ०।८९, ०।३६ र ०।३४ प्रतिशतले बढेका छन। तर होटल , फाइनान्स, अन्य तथा उत्पाद समुह क्रमश १।६७, १।१, ०।१४ र ०।१४ प्रतिशतले ओरालो लागेका छन।    

हिमालयन पार्टनर पावर, सिन्धु विकास बैंक र रैरांग हाइड्रोपावरका सेयर मुल्य बिहिबारको कारोबारमा घटेका छन भने काबेली बिकास बैन्क, रुन काबेली पावर र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको बिहिबारको कारोबारमा अवस्था राम्रै देखिएको छ। त्यस्तै लाभांश घोषणा गरेको सांग्रिला डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको अवस्था अत्यन्त राम्रो देखिएको छ। 

मुद्रा र सेयरबजारमा उत्पन्न समस्या र समाधानका लागि गठित समितिले अर्थमन्त्रालयलाई ५८ बुंदे प्रतिबेदन बुझाएको समाचारले सेयरबजारमा सकारात्मक प्रभाब छाडेको छ। लगानीकर्ताहरुको आवाजलाई समेटी हिजोका दिनहरुमा उठाएका अधिकांस मागहरू यस प्रतिबेदनमा समेटिएको दाबी गरिएको छ । कार्यन्यनको समय सिमा र जिम्मेवार निकाय समेत तोकिएको यस प्रतिबेदनको कार्यन्यन भएमा नेपालको पूंजी बजार एकाईसौ सताब्दि सुहाउदो हुने बिश्वास लिइएको छ।    

सरकारको निरन्तर दबाबका कारण बैंक वित्तीय संस्स्थाले यसअघि बढाएको मुद्दती र बचत तर्फको ब्याजको दर घटाएका छन। यसले पनि सेयरबजारमा केहि सकारात्मक असर गरेको छ।  








मुख्य बजार समाचार 

-रसुवागढीको १० लाख २६ हजार १५० कित्ता आइपीओ र सान्जेन जलबिद्युतको ५४ लाख ७५ हजार कित्ता आइपिओ धितोपत्र बोर्डमा पाइपलाइनमा। 

-आयोजना प्रभावितलाई निष्काशन गरिएको हिमालयन उर्जा विकास बैंकको ९ लाख ९० हजार कित्ता सेयर बाँडफाँड (रिजल्ट बिजपाटी -डटकममा)  

-नेप्सेद्वारा हिमालयन, सनराइज, मेगा बैंक तथा  मिसन डेभलपमेण्ट बैंक र शंग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का। 

-प्राइम कमर्शियल बैंकद्वारा १६ प्रतिशत बोनस सेयरको घोषणा 

-राष्ट्रिय बीमा कम्पनी लिमिटेडद्वारा पुनर्बिमा कम्पनीसंग शतप्रतिशत पुनर्बिमाको सम्झौता 


बिहीबारका मुख्य इभेन्ट्स

-सिद्दार्थ बैंकको '१०।५ प्रतिशत ब्याजदरको डिबेन्चर २०८२' को इकाई बिक्रि जारी  

-सानिमा बैंकको '१० प्रतिशत ब्याजदरको सानिमा डिबेन्चर २०८५' को इकाई बिक्रि जारी 










आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ।  आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।


नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन। 

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved