पुष १० गतेको लगानी रणनीति: आउटलुक भन्छ, आजको कारोबारमा सेयरबजार उकालो लाग्छ (विश्लेषण सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 11:21:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार परिसूचक नेप्से ६.४५ अंकले घटेर ११९१.७४ को बिन्दुमा आईपुगेको छ। सोमबारको पुरै कारोबारमा नेप्से ११९०.८० र १२०७.८८ को बिन्दुमा रह्यो। त्यस्तै ७९ करोड ८७ लाखको कारोबार हुँदा अघिल्लो दिनको तुलनामा कारोबार रकम र भोलुममा गिरावट देखियो। 

कुल ११ उपसुचकमा ४ वटा समुह मात्रै हरियो रहे भने बाँकीमा रातो रंग पोतियो। जीवन बिमा समुह १.२१ प्रतिशतले बढ्दा फाइनान्स ०।८३ प्रतिशतले बढ्यो। 

उत्पादन समुह सबै भन्दा बढी ४.८ प्रतिशतले घटेको छ भने उसलाई पछ्याउदै होटल १.८४ प्रतिशत, र डेभलपमेन्ट बैंक १.१७ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ समुह ०.९८ प्रतिशतले घटेको छ। 

Garima Bikas Bank Limited Swadeshi Laghubitta Bittiya Sanstha Limited को पर्फर्मेन्स तुलानाताम्क रुपमा कम्जोर देखियो भने Kabeli Bikas Bank Limited  RMDC Laghubitta Bittiya Sanstha Limited  र Nepal Seva Laghubitta Bittiya Sanstha Limited को पर्फर्मेन्स मध्यम देखीयो, त्यस्तै Panchakanya Mai Hydropower Limited , Kalika Power Company Limited  र NMB Microfinance Bittiya Sanstha Limited को पर्फर्मेन्स तुलनात्मक रुपमा उत्कृष्ट रह्यो।

बैंक वित्तीय संस्थाले घटाएको ब्याजको दर सम्भवत माघ १, २०७५ देखि लागू हुनेछ। यसअघि बैंकहरुले भद्र सहमति तोडी आफु अनुकुल ब्याजदर कायम गर्दा उनीहरुको ब्याज खर्च केहि बढेको छ। नयाँ ब्याजदरसंगै बैंक वित्तीय संस्थाहरुले नयाँ बेस रेट निर्धारण गर्नुपर्ने हुन्छ। घटेको ब्याजदरके सम्भवत सेयरबजारमा केहि सकारात्मक प्रभाब पार्नेछ।   

त्यस्तै सरकारले पनि सेयरबजारलाई चाँसो दिएकाले र निरन्तरजसो सेयरबजारबारे बिषयमा छलफल चलाएकाले त्यसले पनि बजारलाई सकारात्मक बनाउन थप मद्दत पुग्नेछ।







मुख्य बजार समाचार 

-एनआईसी एसियाले इनरुवा, बराहक्षेत्र, सुनसरीमा शाखा बिस्तार गरेसंगै निजि क्षेत्रमा सबै भन्दा बढी शाखा भएको बैंकको रुपमा आफ्नो उपस्तिथीलाई निरन्तरता दिएको छ। यससंगै बैंकको कुल शाखा संख्या २७२ पुगेको छ

-प्राइम कमर्शियल बैंकले काठमाडौंको सुर्यविनायक नगरपालिकामा शाखा बिस्तार गरेसंगे शाखा संख्या ६७ पुगेको छ 

-सिद्दार्थ बैंकको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मुल्य समायोजन भएको छ

- HIDCL ले १० प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद प्रस्ताब गरेको छ, कम्पनीले उक्त प्रस्ताब पुष ३० गतेको सातौँ बार्षिकसाधारण सभामा लैजादैछ। यसका लागि उसले १७ पुष २०७५ लाई बुक क्लोज मिति निर्धारण गरेको छ

 - Nepal Hydro Developer Limited ले ४ प्रतिशत बोनस सेयर दिने भएको छ

मंगलबारका मुख्य घटना 

-एभरेष्ट बैंकको २४ औं बार्षिक साधारणसभा आज, २० प्रतिशत नगद लाभांश मुख्य प्रस्ताब, 

- Mirmire Laghubitta Bittiya Sanstha Limited को बुक क्लोज मिति 

- Swabalamban Laghubitta Bittiya Sanstha Limited को बुक क्लोज 










आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ।  आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।


नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved