पुष १२ को रणनीति: प्रभु सहित ५ बैंकको सेयर 'सस्तो' को सुचिमा, यस्तो बेला लगानीकर्ताले कसरि फाइदा उठाउने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 11:13:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारबारे राष्ट्र बैंकको ऐतिहासिक निर्देशनले बजार परिसूचक नेप्से ३०.२६ अंकको वृद्धिसंगै १२१६.२७ को बिन्दुमा उक्लिएको छ। अघिल्लो दिनको तुलनामामा कारोबार भोलुम र रकममा समेत ब्यापक सुधार देखिएको छ। बुधबारको कारोबारमा मात्रै ६९ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। 

कारोबारमा आएका सबै उपसुचकहरु बुधबार बढेका छन। जसमा सबैभन्दा बढी जीवन बिमा ४४३.५ अंकले बढेको भने जिबन बिमालाई पछ्याउदै निर्जिबन बीमा २४५.०६ अंक, होटल ६५.६२ अन्क्क र बैंकिङ १८.५४ अंक र लघुवित्त ५०.२१ अंकले बढेको छ। 

बुधबारको कारोबारमा Citizens Bank International Limited , Bishal Bazar Company Limited र Multipurpose Finance Company Limited को सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ।  

बुधबारको कारोबारमा आफ्नो समुहमा Support Microfinance Bittiya Sanstha Limited Arun Valley Hydropower Development Company Limited Nepal Seva Laghubitta Bittiya Sanstha Limited कम्पनीहरुको प्रस्तुति कम्जोर रह्यो भने Citizens Bank International Limited Multipurpose Finance Company Limited र Prudential Insurance Company Limited ले तुलनात्मक रुपमा राम्रो गरे। 

त्यस्तै Lumbini General Insurance Limited Suryodaya Laghubitta Bittiya Sanstha Limited र Prudential Insurance Company Limited को सेयरमुल्यमा बुधबार तिब्र उतारचढाव रह्यो। 

त्यस्तै Barun Hydropower Company Limited को सेयर मुल्य अहिलेसम्मकै न्यून मुल्यमा आइपुगेको छ भने Global IME Laghubitta Bittiya Sanstha Limited को सेयरमुल्य पछिल्लो ६ दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको छ।  यता Lalitpur Finance Limited को सेयरमुल्य भने पछिल्लो ३ दिन यता निरन्तर ओरालो लागेको छ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्था र सेयरबजारलाई सम्बोधन गरि ५ वटा बिषयमा महत्त्वपूर्ण निर्देशन जारि गरेको छ। निर्देशन अनुसार, बाणिज्य बैंकहरुले आफ्नो ५१ प्रतिशत स्वामित्व हुनेगरि साहायक कम्पनी खडा गरेर ब्रोकर सेवा दिन पाउनेछन। त्यस्तै, बिगतमा ५० प्रतिशत रहको सयर धितोकर्जाको मार्जिनको सिमा ६५ प्रतिशत पुर्याइएको छ।

त्यस्तै बोनस र हकप्रदबापत थपिएको सेयर गणना गरेर मात्र मार्जिन कल लागू हुनेछ। शेयर धितो कर्जाको जोखिम भारलाई १५० प्रतिशत बाट घटाएर १०० प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंकले प्राथमिक पुंजीको ४० प्रतिशतसम्म शेयर धितो कर्जा दिन सक्ने ब्यबस्था गरेको छ । यस अघि प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सकने ब्यबस्था थियो । यसरी कर्जा प्रदान गर्दा बैंक त्तहा वित्तीय संस्थाले एउटा सुचिकृत कम्पनीको शेयरको हकमा आफ्नो प्राथमिक पुंजीको बढीमा १० प्रतिशत ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्ने छ ।

त्यस्तै बैंकहरुले अबदेखि स असार मसान्तसम्म स्प्रेड रेटको दर ४.५ प्रतिशत कायम गर्नुपर्नेछ, त्यस्तै चैत मसान्तसम्म यस्तो दरको रेट ४.७५ प्रतिशत पुर्याउनुपर्नेछ।







मुख्य बजार समाचार

-घलेम्दी हाइड्रोपावरले सर्वसाधारणमा आइपीओ निष्काशन प्रयोजनार्थ आब्हानपत्र जारि गरेको छ, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ यहि पुष १९ देखि जारि गर्दैछ

-अनिल कुमार उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारीमा नियुक्त भएका छन

-बुधबारको कारोबारमा Swarojgar Laghubitta Bittiya Sanstha Limited को २ लाख ४४ हजार ९९५.५२ कित्ता  बोनस सेयर, Oriental Hotel Limited को १४ लाख १ हजार ३५४.५८ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएका छन। 

Nepal Investment Bank Limited को १८ प्रतिशत बोनस सेयरपछिको सेयर मुल्य समायोजन भएको छ

Nepal Credit & Commerce Bank Limited को हकप्रदमा अवितरित (संस्थापक ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण तर्फको १२ लाख ९४ हार १९८ कित्ता) ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलाम बढाबढमा तर बिक्रि हुन सकेको छैन

बिहीबारका मुख्य घटना 

United Modi Hydropower Limited र Nepal Lube Oil Limited को बार्षिक साधारणसभा आज 

-२ बाणिज्य बैंक Sunrise Bank Limited , Global IME Bank Limited र RSDC Laghubitta Bittiya Sanstha Limited को  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

जस्तो आजको यस टेबलमा Standard Chartered Bank Nepal Limited  लगायत ५ कम्पनीको सेयर मुल्य ओभर प्राइस भएको देखिन्छ। यी कम्पनीका सेयर बढी मुल्य मा कारोबार भएका छन र आफुसंग छ भने बेचेर प्रोफिट गर्न सकिन्छ र आफुसंग छैन भने अहिले यो सेयर किन्नलाई महँगो पर्न जान्छ भन्ने बुझाउछ।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।




नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved