पुष १९ को लगानी रणनीति: यी हुन लगानीकर्ताको रोजाईमा पर्न सक्ने १५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 10:45:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार संक्षेप 

सेयरबजार घट्ने क्रमले बुधबारको कारोबारमा पनि निरन्तरता पाएको छ। बजार परिसूचक नेप्से ५।४२ अंकले घटेर ११८०।४३ को बिन्दुमा ओर्लिएको छ। अघिल्लो दिनको तुलनामा बजार परिसूचकले ओरालो गति लिएपनि कारोबार रकममा सामान्य सुधार देखिएको छ। यद्दपी कारोबार भोलुम भने घटेको छ। बुधबारको कारोबारमा १५४ कम्पनीका सेयरहरु किनबेच भएका छन। 

बुधबारको कारोबारमा माइक्रोफाइनान्स र उत्पादन समुहको उपसूचक मात्रै बढेका छन बाँकी अन्य उपसूचकहरु घटेका छन। जसमा माइक्रोफाइनान्स समुह ६।५९ अंकले बढेको छ भने उत्पादन समुह २।७९ अंकले बढेको छ। 

बुधबारको कारोबारमा हाथवे फाइनान्स Hathway Finance Company Limited  , समता माइक्रोफाइनान्स वित्तीय संस्था Samata Microfinance Bittiya Sanstha Limited , अरुण काबेली हाइड्रोपावर Arun Kabeli Power Limited  को पर्फर्मेंश आफ्नो समुहहरुमा सबैभन्दा कमजोर देखियो। जबकी युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited , कालिका लघुवित्त वित्तीय संस्था Kalika Laghubitta Bittiya Sanstha Limited  , निर्धन उत्थान लघुवित्त वित्तीय संस्था Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited  को पर्फर्मेन्स आफ्नो समुहमा राम्रो ठहरियो। बुधबारको कारोबारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स, कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा तिब्र उतारचढाब देखियो। 

नेपाल धितोपत्र बोर्डले बुधबार एक बिज्ञप्ती जारी गर्दै अनलाइन मार्फत भएको सेयरकारोबारको राफसाफ एकै दिनमा हुने जनाएको छ। बोर्डले शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेन्ज लि.को अनलाईन कारोबार प्रणाली (NOTS) पूर्ण रुपमा आबद्व भए पश्चात हाल कायम रहेको T+3 राफसाफ चक्रलाई २०७६ असार सम्ममा T+1 ल्याउने सम्बन्धमा धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ (विनियम १३) मा आवश्यक संशोधन गर्न अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरी कार्यान्वयनका लागि बोर्डमा पेश गर्ने जनाएको छ।  Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



महत्वपूर्ण समाचार 

-चौतारी लघुवित्त वित्तीय संस्था Chautari Laghu Bitta Bittiya Sanstha Ltd  ले हालै मात्र बिक्रि गरेको साधारण सेयर दोस्रोबजारमा सुचिकृत 

-महालक्ष्मी लाइफ इन्स्योरेन्स माघदेखि संचालनमा आउने, प्रमुख कार्यकारी अधिकृतमा रमेश भट्टराइ नियुक्त

-ग्रामिण बिकास लघुवित्त वित्तीय संस्था Grameen Bikas Laghubitta Bittiya Sanstha Limited  चौथो बार्षिक साधारणसभा माघ १२ २०७५ मा हुने

-नेपाल एसबीआई बैंक Nepal SBI Bank Limited  को ५ प्रतिशत बोनस सेयर पश्चातको सेयर मुल्य समायोजन 


आजका महत्त्वपूर्ण घटना 

-घलेम्दी हाइड्रोपावरको १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्रि खुला 




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved