पुष २२ को रणनीति: एनसीसी सहित ५ बैंकको सेयर सस्तोको सुचिमा, सेयरधनीले कसरि फाइदा उठाउने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 10:51:02 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साता कारोबारको अन्तिम दिन बजार परिसूचक नेप्से १.५६ अंकले घटेर ११७८.८७ को बिन्दुमा ओर्लिएको छ। यद्दपी अघिल्लो दिनको तुलनामा कारोबार रकम र भोलुममा उल्लेख्य सुधार देखिएको छ। 

बिहिबारको कारोबारमा तीनवटा समुह बैंकिङ, डेभलपमेन्ट बैंक र हाइड्रोपावर क्रमश: ४.३६ प्रतिशत, ६.१८ प्रतिशत र ६.३७ प्रतिशतले घटे भने अन्य उपसुचकहरु बढेका छन। जसमा सबैभन्दा बढी जीवन बिमा ६८.०५ अंकले बढेको छ। 

युनाईटेड इन्स्योरेन्स कम्पनी, राईरांग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनीहरु आफ्नो समुहहरुमा कम्जोर देखिए।  जबकि अपि हाइड्रोपावर, नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले तुलनात्मक रुपमा राम्रो पर्फर्मेंश गरे। त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था, अपि हाइड्रो र युनाइटेड इन्स्योरेन्सको सेयरमुल्यमा बिहिबारको कारोबारमा तिब्र उतारचढाब रह्यो। 

नेपाल राष्ट्र बैंकले तोकिएको समयमा तोकिएको चुक्ता पुंजी वृद्धि गर्न नसक्ने बैंक वित्तीय संस्थाहरुलाई फोर्स्फुल मर्जरमा लैजानेगरि निर्देशन जारि गरेको छ।  

नेपाल राष्ट बैंकले  आफुले १ अर्ब ४८ करोड मुद्दती निक्षेपमा राख्ने भन्दै बैंक वित्तीय संस्थाहरुलाई आफुले लिन चाहेको रकम र दिने ब्याजदर खुलाएर प्रस्ताब पठाउन आग्रह गरेको छ। उक्त रकम बैंक, विकास बैंक र फाइनान्सको मुद्दती खातामा ३६४ दिन (माघ २,२०७५ देखि पुष २९, २०७६ सम्म) रहनेछ।  

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM






महत्त्वपूर्ण समाचार

-चौतारी लघुवित्त वित्तीय संस्थाले CHLBS नामले सेयरबजारमा कारोबार गर्ने, आइपिओ सुचिकृत 

-चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस सेयरको लागि सेयरमुल्य समायोजन 

-कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५ प्रतिशत हकप्रद बिक्रि गर्ने, उक्त प्रस्ताब र ८ प्रतिशत बोनस दिने प्रस्ताब अबको अजिएमले पास गर्ने

-लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई क्वालिटी थ्री प्राप्त 

-माछापुछ्रे बैंकको लाभांश पारित, संचालक समितिमा पुरानै अनुहारलाई निरन्तरता, अध्यक्षमा महतो 

आजका महत्त्वपूर्ण घटना 

-घलेम्दी हाइड्रोको आइपीओ बिक्रि खुलाको तेस्रो दिन, दोस्रो दिनसम्म करिब ९० प्रतिशत आइपीओं बिक्रि

-नागबेली लघुवित्तको २० औं बार्षिकसाधारणसभा 

-आरएमडिसी लघुवित्तको २० औं बार्षिक साधारणसभा 

-सान्जें हाइड्रोपावरको आठौँ बार्षिक साधारणसभा 

-सिद्दार्थ बैंकको १०.५ प्रतिशत डिबेन्चर बिक्रि खुला 

-सेन्चुरी कमर्शियल बैंकको अवितरित सेयर लिलाममा 

-बेस्ट फाइनान्सको साधारण र संस्थापक सेयर लिलाममा 





ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।







आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved