पुष २४ को लगानी रणनीति: एनसीसी सहित यी ५ बैंकको सेयरमा हुन सक्छ फाइदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 11:09:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजार झन्डै ७ दिनपछि सकारात्मक लयमा फर्किएको छ। सोमबारको कारोबारमा बजार परिसूचक ६.६७ अंकले फर्किदा नेप्से ११७७।४६ को बिन्दुमा उक्लिएको छ। कारोबारको रकम अघिल्लो दिनको तुलनामा वृद्धि भएपनि कारोबार भोलुममा भने सुधार हुन सकेन। 

सोमबारको कारोबारमा उत्पादन र अन्य उपसूचकबाहेक सबै समुहबढेका छन। जसमा जीवन र निर्जिबन बिमा तथा होटल समुह बढेको छ। बैंकिङ समुह ४।६४ अंकले बढ्दा लघुवित्त ११।५३ अंकले बढेको छ।  

आन्खुखोला जलबिद्युत कम्पनी लिमिटेड, किसान माइक्रोफाइनान्स वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको पर्फर्मेन्स आफ्ना समूहहरुमा कम्जोर रह्यो। हाथवे फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, र सप्तकोशी डेभलपमेन्ट बैंकको पर्फर्मेन्स तुलनात्मक रुपमा राम्रो रह्यो। सोमबारको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैकको सेयरमुल्यमा तिब्र उतारचढाब रह्यो।

राष्ट्रिय बाणिज्य बैंकले ३.३३ प्रतिशत ब्याजदर हुनेगरि थुप्रै ऋण प्रोडक्टहरु ल्याएको छ।कुन क्षेत्रमा कति ऋण पाइन्छ ?

-व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा: रु. ५ करोडसम्म

-शिक्षित युवा स्वरोजगार कर्जा: रु. ७ लाखसम्म

-विदेशबाट फर्केका युवा परियोजना कर्जा: रु. १० लाखसम्म

-महिला उद्यमशील कर्जाः रु.१५ लाखसम्म

-दलित समुदाय व्यवसाय विकास कर्जा: रु.१० लाखसम्म

-उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा: रु. ५ लाखसम्म

-भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा: रु. ३ लाखसम

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



मुख्य बजार समाचार:

-नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डील्ली अधिकारि नियुक्त,

-छिमेक लघुवित्तद्वारा ४० प्रतिशत लाभांश स्थगित भएको तर रद्द नभएको स्पष्टीकरण 

-घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको १५ लाख ३३ हजार ७७० कित्ता आइपीओमा दुईगुणा बढी आबेदन

-'१०.५ प्रतिशत एसबिएल डिबेन्चर २०८२' को निष्काशन बन्द, जम्मा ५ करोड संकलन, ४५ करोडको बिक्रि हुन सकेन

-जोशी हाइड्रो पावरको ओपन रेन्ज ९३.६७ रुपैयाँदेखि २८१ रुपैयाँ ०१ पैसासम्म 

महत्त्वपूर्ण बजार घटना 

-आरम्भ माइक्रोफ़ाइनान्स वित्तीय संस्थाको चौथो बार्षिकसाधारणसभा, ७० प्रतिशत हकप्रद प्रस्ताब 

-अपि पावर कम्पनि लिमिटेडको १५ औं बार्षिक साधारणसभा, ५ प्रतिशत बोनस सेयर 

-आइएमई जेनेरल इन्स्योरेन्सको हकप्रद बिक्रि खुला (१०० बराबर ८० का दरले)

-नाडेप लघुवित्त वित्तीय संस्थाको लिलाम खुला 

-सेन्चुरी कमर्शियल बैंकको सेयर लिलाम खुला 

 




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ। आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।

नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved