पुष २५ को रणनीति: स्ट्यान्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो मुल्यको सुचिमा, फाइदा कसरि लिने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 10:54:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको कारोबारमा बजार परिसूचक नेप्से झिनो (शुन्य दशमलब ४०) अंकले घटेर ११७७।०७ को बिन्दुमा आईपुगेको छ। झिनो अंकले बजार घटेपनि कारोबार रकम र भोलुम अघिल्लो दिनको तुलनामा सुधार आएको छ। 

उपसूचकहरु मध्ये माइक्रोफाइनान्स, उत्पादन, बिकास बैंक र अन्य समुहमा सामान्य वृद्धि रह्यो भने निर्जिबन विमा, होटल र जीवन बिमाले धेरै अंक गुमाए। 

एनएमबि माइक्रोफाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकहरुको पर्फर्मेन्स आफ्नो समुहमा कम्जोर रह्यो भने आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, आन्खुखोला जलबिद्युत कम्पनी लिमिटेडको पर्फर्मेन्स समुहमा उत्कृष्ट रह्यो।

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था र न्यादी ग्रुप पावर लिमिटेडको सेयरमा मंगलबारको कारोबारमा तिब्र उतारचढाब रह्यो।

नियामक नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ संसोधन गरेको छ।संसोधित निर्देशिका अनुसार पुराना ५ वटा व्यवस्थामा परिवर्तन भएको छ। 

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन। Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन 






आजका मुख्य समाचार 

-घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको आइपीओमा २.८२ गुणा बढी आबेदन परेको छ, ५५ हजार ८४३ आवेदकबाट ४३ लाख २२ हजार ४६० कित्ताको लागि आबेदन परेको छ। 

-नेप्सेले सहारा विकास बैंकलाई लाभांश घोषणा सम्बन्धमा अपूर्ण जानकारी दिएको भन्दै उसको सेयरकारोबार रोक्का गरेको छ। 

-प्राइम कमर्शियल बैंकले आफ्नो ७० औं शाखा पांचथरको टुम्बेवा गाउपालिकामा संचालनमा ल्याएको छ। 

-सिटिजन बैंकले कर्णाली प्रदेशको लागि आफ्नो प्रादेशिक कार्यालय सुर्खेतमा संचालनमा ल्याएको छ। 

-कालिका लघुवित्त वित्तीय संस्थाले आफ्नो  ९ औं बार्षिकसाधारण सभा अ९ माघमा गर्ने जनाएको छ। 

-नेप्सेमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको ११ लाख ५० हजार हकप्रद सुचिकृत भएको छ। 

आजका महत्त्वपूर्ण घटना 

-हिमालयन डिस्ट्रिलरी लिमिटेडको १८ औं बार्षिकसाधारणसभा, २१.०५ प्रतिशत नगद लाभांश 

-सिडीएस एण्ड क्लियारिंग लिमिटेडको आठौँ बार्षिकसाधारण सभा, २० प्रतिशत नगद लाभांश 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved