पुष २६ को रणनीति: एनसीसी सहित ५ बैंकको सेयर 'सस्तो' मुल्यको सुचिमा, फाइदा कसरि लिने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 11:06:14 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारको कारोबारमा बजार परिसूचक नेप्से २।२९ अंकले बढेर ११७९।३६ को बिन्दुमा उक्लिएको छ।  अघिल्लो दिनको तुलनामा कारोबार मात्रा  घटेपनि कारोबार रकम र भोलुममा भने सुधार देखिएको छ।  

फाइनान्स र अन्य उपसूचक बाहेक सबै समुहहरु बुधबारको कारोबारमा बढेका छन। जसमा सबैभन्दा बढी उत्पादन, जीवन बीमा र विकास बैंकको उप्सुचक बढेका छन। 

छिमेक लघुवित्त विकास बैंक लिमिटेड संस्थापक सेयर, सप्तकोशी डेभलपमेन्ट बैंकको आफ्नो समुहमा कम्जोर पर्फर्मेन्स रह्यो । जबकी भार्गब बिकास बैंक, हिमालयन पार्टनर पावर लिमिटेड, एनएमबि माइक्रोफाइनान्सले तुलनात्मक रुपमा राम्रो पर्फर्मेन्स गरे। छिमेक लघुवित्त विकास बैंकको संस्थापक सेयर, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको सेयर मुल्यमा बुधबार तिब्र उतारचढाव रह्यो। 








महत्त्वपूर्ण बजार समाचार 

-नागबेली लघुवित्त बिकास बैंकको ७ लाख ६६ हजार ५३१.४४ कित्ता हकप्रद सेयर सुचिकृत 

-शुभम पावर लिमिटेडलाई ५८ करोड ५८ हजार रुपैयाँ बराबरको आइपीओलाई इकराएनपी बाट ग्रेड ५ रेटिंग प्राप्त, 

-सान्जें जलबिद्युत कम्पनी लिमिटेडलाई ५४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओलाई  इकराएनपीबाट ग्रेड ४ रेटिंग प्राप्त

-एनआईसी एसिया बैंकलाई अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त 

-आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको चौथो बार्षिक साधारणसभाबाट ७० प्रतिशत हकप्रद बिक्रि प्रस्ताब पारित 

-ब्रोकर नम्बर ८ आशुतोस ब्रोकरेज एण्ड सेक्युरिटीज कालोसुचीबाट हट्यो

 -उन्नत माइक्रोफाइनान्स वित्तीय संस्थालाई २० प्रतिशत हकप्रद बिक्रि गर्नलाई धितोपत्र बोर्डबाट अनुमति

-सिटिजन बैंकले कर्णाली प्रदेशको लागि आफ्नो प्रादेशिक कार्यालय सुर्खेतमा संचालनमा ल्याएको छ।

आजका मुख्य घटना 

-एनएमबि बैंकको २३ औं बार्षिक साधारणसभा 

-नेपाल बंगलादेश बैंकको २४ औं बार्षिक साधारणसभा 

-मिसन डेभलपमेन्ट बैंकको ९ औं बार्षिक साधारणसभा 

-स्वालंबन लघुवित्त वित्तीय संस्थाको १७ औं बार्षिक साधारणसभा 

-सोल्टी होटलको ४४ औं बार्षिक साधारणसभा 

-गण्डकी विकास बैंकको ११ औं बार्षिक साधारणसभा 

-कर्पोरेट डेभलपमेन्ट बैंकको ७/८/९/१० औं ४ औं बार्षिक साधारणसभा 

-डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज 






उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन ।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved