पुष २९ को रणनीति: एनसीसी सहित ५ बैंकको सेयर 'सस्तो' मुल्यको सुचिमा, यस्ता छन आजका सेयर समाचार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2019 | 10:14:49 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साताको अन्तिम कारोबारको दिन बजार परिसूचक नेप्से १।४८ अंकले बढेर ११८०।८४ को बिन्दुमा उक्लिएको छ।  अघिल्लो दिनको तुलनामा कुल कारोबार संख्या बढेको छ भने कारोबार रकममा समेत सुधार देखिएको छ।  

उपसूचकहरुमा निर्जिबन बीमा कम्पनीले २२।१७ अंक जोडेको छ भने जीवन बिमा, माइक्रोफाइनान्स र बैंकिङले क्रमश ५।९६ , ५।७ र १।५८ अंक जोडेका छन। उत्पादन र विकास बैंक क्रमश ५।८२ र ६।६ अंकले घटेका छन। 

सिनर्जी पावर लिमिटेड, पुर्णिमा विकास बैंक र पन्चकन्या माइ हाइड्रोपावर लिमिटेडले पर्फर्मेन्स आफ्नो समुहमा कम्जोर रह्यो भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, तारागाउँ रेजेन्सी होटल र रिडी हाइड्रोपावर लिमिटेडको तुलनात्मक रुपमा पर्फर्मेन्स राम्रो रह्यो । त्यस्तै बिहिबारको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर लिमिटेड र उन्नतिमाइक्रोफाइनान्सको सेयर मुल्यमा तिब्र उतारचढाब रह्यो ।

नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ्ग पाएका कम्पनीहरुलाई आईपिओ निष्काशन गर्न रोक लगाएको छ  । बोर्डले सवभन्दा कमजोर रेटिङ्ग प्राप्त गर्ने संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न नपाउने ब्यबस्था गरेको हो  । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरेर यस्तो ब्यबस्था गरेको हो ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन ।





महत्त्वपूर्ण बजार समाचार 

-अपर तामाकोशी हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता साधारण सेयर नेप्सेमा सुचिकृत, आज पुष २९ देखि कारोबारमा आउने 

-डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन 

-नेपाल राष्ट्र बैंकका क्याडर बासुदेब अधिकारि नेपाल बैंकको अध्यक्षमा नियुक्त 

-कुमारी बैंकद्वारा ८.५ प्रतिशत बोनसको सेयर घोषणा

-लक्ष्मी बैंकद्वारा ८.५ प्रतिशत बोनस सेयरको घोषणा 

-स्वाभिमान माइकोफाइनान्सद्वारा सेबोनमा १ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशनको अनुमति माग 

आजका मुख्य घटना 

-शिबश्री हाइड्रोपावरको १४ लाख ७६ हजार कित्ता आइपीओ  स्थानीयलाई बिक्रि जारी 

 -युनिभर्शल पावर कम्पनी लिमिटेडको २१ लाख ३५० कित्ता आइपीओ स्थानीयलाई बिक्रि जारी

-आज ३ बाणिज्य बैंक सहित ९ कम्पनीको बार्षिक साधारणसभा  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved