पुष ३० को रणनीति: सिभिल सहित ५ बैंकको सेयर 'फेयर' मुल्यको सुचिमा, फाइदा कसरि लिने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 11:04:13 AM मा प्रकाशित

laxmi  sunrise bank

यस साताको पहिलो दिनको कारोबारमा नै बजार परिसूचक नेप्से ५।७८ अंकले घटेर ११७५।०५ को बिन्दुमा ओर्लिएको छ। कारोबार संख्यामा समेत अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। कुल कारोबार संख्या अघिल्लो दिनको तुलनमा १६ प्रतिशतले घटे पनि कारोबार रकममा भने केहि सुधार देखिएको छ। 

उत्पादन समुह बाहेक अन्य सबै उपसूचक आइतबारको कारोबारमा घटेका छन। निर्जिबन बिममाले ७१ अंक गुमाउदा होटल र लघुवित्तले क्रमश १२।८७ र १२।७ अंक गुमाएका छन।  

आइतबारको कारोबारमा भार्गब विकास बैंक, आन्खुखोला जलबिद्युत कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो समुहमा कम्जोर प्रफरमेन्स गरे । त्यस्तै नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको पर्फर्मेन्स तुलनात्मक रुपमा आफ्नो समुहमा राम्रो रह्यो।  वोमी माइक्रोफाइनान्स,स्वदेशी लघुवित्त वित्तीय संस्था र गुर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयर मुल्यमा आइतबारको कारोबारमा तिब्र उतारचढाब देखियो। 





महत्त्वपूर्ण बजार समाचार

-अपर तामाकोसी हाइड्रोपावर कम्पनीको कोड , कारोबारको सुरुवाती मुल्य ७४।८९ देखि २२४।६७, खरिदकर्ताको उल्लेख्य संस्ख्या तर बिक्रि कर्ता शुन्य 

-नेपाल इन्भेष्टमेन्ट बैंकको ३२ औं बार्षिकसाधारणसभाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश प्रस्ताब पारित, बैंकले ३ अर्ब ६५ करोड खुद मुनाफाबाट उक्त लाभांश दिएको 

-जनता बैंकको ९ औं बार्षिक साधारणसभाबाट ८।५ प्रतिशत नगद लाभांश पारित, बैंकले १ अर्ब खुद मुनाफाबाट उक्त लाभांश वितरण गरेको हो। 

-ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस पारित, बैंकले गत आर्थिक बर्ष २ अर्ब १० करोड खुद मुनाफा आर्जन गरेको थियो 

-आरएसडिसीको ५ औं बार्षिक साधारणसभाले १० प्रतिशत बोनस पारित, 

-युनिभर्शल पावर कम्पनीले मात्रै २१ लाख ३५० को ४।५ प्रतिशतले हुन आउने आइपीओ आयोजना प्रभावितलाई बिक्रि खुला, माघ ६ सम्म आबेदन खुला 

-सनराइज बैकले ६ वटै प्रदेशमा प्रादेशिक कार्यालय संचालनमा ल्याएको  

-एनआईसी एसियाको शाखा जाजरकोटको नालगत नगरपालिकामा 

-घलेम्दी हाइड्रोपावरको १५ लाख ३३३ हजार ७७० कित्ता आइपीओ बाँडफांड भोलि (माघ १ गते)

आजका मुख्य घटना 

पाँचथर पावर कम्पनी लिमिटेडको ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ आयोजना प्रभावित पांचथर जिल्लावासीलाई बिक्रि खुला 

-सेयरबजारमा सुचिकृत नेपाल टेलिकम लगायत ११ संस्थाको बार्षिक साधारणसभा आज  





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन ।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved