माघ २ को लगानी रणनीति: सिद्दार्थसहित ५ बैंकको सेयर 'फेयर' मुल्यको सुचिमा, कसरि लिने लाभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 12:13:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेप्सेमा चमक आएको छ । मंगलबारको कारोबारमा नेप्से सूचक १७.५१ अंकले बढेर ११९५.५४  को बिन्दुमा उक्लिएको छ। कुल १५८ कम्पनीका सेयर खरिद बिक्रि भएको दिनमा अघिल्लो दिनको तुलनामा कुल कारोबार रकम, संख्या र भोलुम बढेको छ । सबै समुहगत उपसूचक बढेका छन। 

अरुण भ्याली हाइड्रो, पन्चकन्या माई हाइड्रो, नेपाल सेवा लघुवित्तको  यरमुल्य आफ्ना समुहमा कम्जोर रह्यो भने नागरिक लगानी कोष, सिटी एक्सप्रेस फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंकको सेयरमुल्य तुलनात्मक रुपमा उत्कृष्ट रह्यो ।  

एक समाचार : नेपाल स्टक एक्चेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको दोस्रो त्रैमासको बर्गिकरण सार्बजनिक गरेको छ। नेप्सेले गत साउन १ गतेदेखि लागु भएको धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम कम्पनीहरुको बर्गिकरण सार्बजनिक गरेको हो ।  साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । तर नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ । सोहि अनुसार नेप्सेले  संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्बजनिक गरेको हो ।  नेप्सेले गरेको बर्गिकरणमा राम्रो मानिने 'ए' र 'बि' बर्गमा कुनै पनि कम्पनी परेका छैनन।







महत्त्वपूर्ण बजार समाचार:

-सानिमा माइ हाइड्रोपावरको २१ लाख १०,००० कित्ता बोनस सेयर सुचिकृत 

-तारागाउँ रेजेन्सी होटलको १२ प्रतिशत नगद लाभांश प्रस्ताब 

-नेशनल लाइफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस सेयर प्रस्ताब

-हिमाल दोलखा हाइड्रोपावरबाट धितोपत्र बोर्डमा ७८ लाख कित्ता आइपीओ निष्काशनलाई आबेदन 

-जनसेवी लघुवित्त वित्तीय संस्थाको ४ लाख ६३ हजार ३०० कित्ता धितोपत्र बोर्डमा पाइपलाइनमा 

-आशा लघुवित्त वित्तीय संस्थालाई ६ लाख ७४ हजार कित्ता आइपीओ निष्काशनको अनुमति 

आजका महत्त्वपूर्ण घटना 

-पांचथर पावर कम्पनी लिमिटेडको ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ आयोजना प्रभावित पांचथरबासिलाई बिक्रि खुला 

-मिथिला लघुवित्त वित्तीय संस्थाको बुक क्लोज 

 




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन ।





ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved