माघ ७ को लगानी रणनीति: सिभिल बैंक सहित ५ संस्थाको सेयर 'फेयर' मुल्यको सुचिमा, फाइदा कसरि उठाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 12:16:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिनको कारोबारमा नै बजार परिसूचक नेप्से ८।६० अंकले घटेको छ। दुई दिनको निरन्तर गिरावटसंगै नेप्से ११७९।१७ को बिन्दुमा ओर्लिएको छ। 

सूचकले ओरालो बाटो समातेपनि कारोबार रकम, संख्या र भोलुममा महत्त्वपूर्ण सुधार देखिएको छ। यस्तो वृद्धिले बजारमा लगानीकर्ताको सक्रियता बढेको बुझिन्छ जुन सेयरका लगानीकर्ताहरुलाई खुसिको बिषय हो। 

तीन उपसूचक होटल्स, ट्रेडिङ र फाइनान्स समुह बाहेक अन्य समुहगत उपसूचकमा गिरावट आएको छ। आइतबारको कारोबारमा सबैभन्दा बढी होटल समुहको सूचक बढेको छ भने निर्जिबन बीमा समुहले धेरै ३७।६७ अंक गुमाएको छ।  

पन्चकन्यामाई हाइड्रोपावर र सेन्चुरी कमर्शियल बैंकको सेयरको पर्फर्मेन्स समुहमा कमजोर देखियो भने लक्ष्मी बैंक, मेरो माइक्रोफाइनान्स र नेशनल माइक्रोफाइनान्सको पर्फर्मेन्स राम्रो रह्यो  । त्यस्तै अपर तामाकोशी, नागरिक लगानी कोष र लक्ष्मी बैंकको सेयरमा आइतबारको कारोबारमा धेरै उतारचढाब देखियो। 



महत्त्वपूर्ण बजार समाचार 

-नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता सेयर सुचिकृत 

-गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित ३ लाख ३५००० कित्ता आइपीओ लाई केयर एनपी बाट ग्रेड ४ रेटिंग

-सेबोनमा स्पर्श लघुवित्त वित्तीय संस्थाको पाइपलाइनको आइपीओ संसोधन, २ लाख ४० हजार कित्ताबाट २ लाख ६९ हजार कित्ता पुर्याइएको

- सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक मर्ज हुने, कारोबार रोक्का

-एनएमबि, जनता बैंक र आरएमडीसी लघुवित्तले क्रमश: २० , ८.५० र १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु

आजका महत्त्वपूर्ण घटना 

स्ट्यान्डर्ड चार्टड बैंकको ३२ औं बार्षिकसाधारणसभा (१७.५० प्रतिशत नगद लाभांश)

-पांचथर पावर कम्पनी लिमिटेडको ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ स्थानीयलाई बिक्रि खुला 

-शिब श्री हाइड्रोपावर लिमिटेडको १४ लाख ७६ हजार ४०० कित्ता सिन्धुपाल्चोकबासिलाई बिक्रि खुला 

-युनीभर्षल पावर कम्पनीको २१ लाख ३५० कित्ता आइपीओ दोल्खाबासीको लागि बिक्रि खुला म्याद थप

 




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन

ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ।

त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।






आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved