माघ १५ को रणनीति: नाडेप लघुवित्तको ६१ हजार कित्ता लिलाममा, यस्तो देखीयो ७ संस्थाको प्रगती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 12:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

धेरैदिनको अन्तरालपछि बजार परिसूचक नेप्सेमा सामन्य वृद्धि देखिएको छ। सोमबारको कारोबारमा बजार परिसूचक नेप्से २।७९ अंकले घटेर ११६४।८९ को बिन्दुमा उक्लिएको छ । 

सूचकमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने घटेर २२ करोड ४३ लाखमा सिमित भएको छ। सोमबार कारोबारमा आएका १६५ कम्पनीका सेयर किनबेचबाट २२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। निर्जिबन बिमा र जीवन बिमा तथा माइक्रो फाइनान्स समुहको उपसूचकमा सोमबार वृद्धि देखीयो भने बाँकी अन्य उप्सुचकहरु घटे। 

हाथवे फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था, मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयरको मुल्य आफ्नो समुहमा धेरैले घट्यो भने  सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरको मुल्य धेरैले बढ्यो। त्यस्तै महुली सामुदायिक लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमा सोमबारको कारोबारमा धेरै उतारचढाब रह्यो । 




महत्त्वपूर्ण बजार समाचार 

-लक्ष्मी बैंकको ८.५० प्रतिशत बोनस पश्चातको सेयरमुल्य समायोजन 

-महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७ कित्ता बोनस सेयर सुचिकृत 

-नागरिक लगानी कोषको १९ लाख ९२ हजार २८९ .६६ कित्ता बोनस सेयर सुचिकृत 

-गुडविल फाइनान्सको दोस्रो त्रैमासको कमाई ४ .३९ प्रतिशतले बढेर ३ करोड २२ लाख 

-सिर्जना फाइनान्स वित्तीय संस्थाको दोस्रो त्रैमासको कमाई २०.६० प्रतिशतले बढेर ४ करोड २८ लाख 

-काबेली विकास बैंकको दोस्रो त्रैमासको कमाई २९.५३ प्रतिशतले बढेर १ करोड ३ लाख 

-सिभिल लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको कमाई ६१.३६ प्रतिशतले बढेर ७४ लाख २६ हजार 

-कन्काई विकास बैंकको दोस्रो त्रैमासको कमाई ३६.५३ प्रतिशतले बढेर २ करोड ६२ लाख 

-हाथवे फाइनान्सको दोस्रो त्रैमाको कमाई ३८.५५ प्रतिशतले बढेर १ करोड २० लाख 

 -नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद बिक्रि बन्द, अवितरित  ६१ हजार २३६ कित्ता सेयर अब लिलाम मार्फत बिक्रि 

-मेरो  माइक्रोफाइनान्सलाई शतप्रतिशत हकप्रद बिक्रिको अनुमति 



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved