माघ १६ को लगानी रणनीति: नेपाल इन्स्योरेन्सको ६५ % हकप्रद स्वीकृत, यस्तो देखीयो ५ संस्थाको प्रगती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 11:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार परिसूचक नेप्से मगलबारको कारोबारमा पनि ३।८९ अंकले घटेर ११६०।९९ को बिन्दुमा ओर्लिएको छ। परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेर ३० करोड ८ लाख पुगेको छ। 

मंगलबार कारोबारमा आएका १६३ कम्पनीका सेयर किनबेच हुँदा ४२ कम्पनीका सेयरधनीले कमाए भने ९२ कम्पनीका सेयरधनीले गुमाएका छन। समुहगत कारोबारमा उत्पादन, अन्य र फाइनान्स समुहका सूचक बढेका छन भने बाँकी अन्य उपसमुहहरु घटेका छन। 

जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयर मुल्य आफ्नो समुहमा तुलनात्मक रुपमा धेरैले घटे भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले धेरै कमाए। जनउत्थान सामुदायिक लघुवित्त, कन्काई बिकास बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा मंगलबारको कारोबारमा तिब्र उतारचढाब रह्यो। 




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।


नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




महत्त्वपूर्ण बजार समाचार 

-नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रो त्रैमासमा खुद मुनाफा ७.९३ प्रतिशतले बढेर १ अर्ब ९७ करोड पुगेको छ, यस अवधिमा बैंक प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९९ पैसा छ

-गरिमा विकास बैंकको दोस्रो त्रैमासको खुद मुनाफा ५४.८१ प्रतिशतले बढेर २७ करोड ९३ लाख पुगेको छ, इपीएस २०.०५ रुपैयाँ 

- भार्गब विकास बैंकको दोस्रो त्रैमाससम्मको खुद मुनाफा १७० प्रतिशतले बढेर ३ करोड ३१ लाख पुगेको छ

-हाम्रो बिकास बैंकको खुद मुनाफा ९.१६ प्रतिशतले बढेर २ करोड ४१ लाख पुगेको छ

-महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको कमाई १४.६४ प्रतिशतले बढेर २ करोड २ लाख पुगेको छ

-जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर दिने 

-नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद प्रस्ताब धितोपत्र बोर्डबाट स्वीकृत 

आजका महत्त्वपूर्ण घटना 

-कर्णाली डेभलपमेन्ट बैंकको १४ औं बार्षिक साधारणसभा

-उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ औं बार्षिक साधारणसभाको  लागि बुक क्लोज 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved