माघ १७ को रणनीति: एनसीसी बैंकको सेयर 'सस्तो' सुचिमा, यस्तो देखियो नबिल सहित १० संस्थाको प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 10:44:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा बुधबारको कारोबारमा बजार परिसूचक नेप्से झिनो ०।४० अंकले घटेर ११६०।५९ को बिन्दुमा आईपुगेको छ। बजार परिसूचकमा सामान्य गिरावट देखिएपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोडले घटेको छ। 

बुधबार कारोबारमा आएका १६८ कम्पनीको सेयरकिनबेचबाट १९ करोड २० लाखको कारोबार भएको छ। १६८ मध्ये ६३ कम्पनीका सेयरधनीले बुधबारको कारोबारमा कमाएका छन। त्यस्तै समुहगत रुपमा होटल, माइक्रोफाइनान्स र उत्पादन समुहका सूचक बढेका छन भने अन्य बाँकी सूचक ओरालो लागेका छन। 

सिटी एक्सप्रेस फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य आफ्नो समुहमा धेरैले बढेको छ । त्यस्तै मेगा, तिनाउ विकास बैंक र सिटि एक्सप्रेस फाइनान्सको सेयरमा बुधबारको कारोबारमा तिब्र उतारचढाब रह्यो।



महत्त्वपूर्ण बजार समाचार 

-नबिल बैंकको दोस्रो त्रैमासको खुद मुनाफा १८.४५ प्रतिशतले बढेर २ अर्ब १७ करोड , इपिएस ५४.२८ पैसा 

-सानिमा बैंकको दोस्रो त्रैमासको खुद मुनाफा १८.२५ प्रतिशतले बढेर ९८ करोड २० लाख, इपिएस २४ रुपैयाँ ६२ पैसा 

-सनराइज बैंकको खुद मुनाफा ३४.९२ प्रतिशतले बढेर ७० करोड २७ लाख, इपिएस १९ रुपैयाँ ४५ पैसा 

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको खुद मुनाफा ३०.८८ प्रतिशतले बढेर १४ करोड ६८ लाख, इपिएस ३६ रुपैयाँ ७४ पैसा 

-ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको कमाई १६२ प्रतिशतले बढेर १ करोड ९६ लाख, इपिएस ३५ रुपैयाँ ५० पैसा

-प्राइम लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासको खुद मुनाफा २१.४१ प्रतिशतले बढेर ९ करोड ५ लाख, इपिएस १० रुपैयाँ १४ पैसा 

- बेस्ट फाइनान्स कम्पनीको दोस्रो त्रैमासको खुद मुनाफा शुन्य.५२ प्रतिशतले बढेर ३ करोड ६१ लाख, इपिएस ४ रुपैयाँ ४६ पैसा

-मितेरी डेभलपमेन्ट बैंकको दोस्रो त्रैमासको कमाई ८.६५ प्रतिशतले बढेर ४ करोड ७ लाख, इपिएस १५ रुपैयाँ ६८ पैसा

-मुक्तिनाथ विकास बैंकको दोस्रो त्रैमासको खुद मुनाफा ५३.१२ प्रतिशतले बढेर ४० करोड ४८ लाख, इपिएस २६ रुपैयाँ ४२ पैसा

-जनसेवा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ४ करोड ६३ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशनलाई ग्रेड ४ रेटिंग प्राप्त, औषत भन्दा कम्जोर भएको सूचक

-नबिल बैंकलाई इकरा नेपालबाट डबल ए माइनस ग्रेड प्राप्त, न्यून कर्जा जोखिम भएको सूचक

-लक्ष्मी प्रसाद दास लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सीईयोमा नियुक्त

आजको महत्त्वपूर्ण घटना 

-बैंक अफ काठमाडौंको २४ औं बार्षिक साधारणसभा, ११ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर प्रस्ताब 

-मिथिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद बिक्रि खुला 



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved