२१ गतेको लगानी रणनीति: जनता सहित ५ बैंकको सेयर 'सस्तो' सुचिमा, कसरी लिने फाइदा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 11:45:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिनको कारोबारमा नै बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर ११५३.०६ को बिन्दुमा पुगेर रोकिएको छ।   कारोबार अवधिभर सूचक ११६१.६३ र ११५१.७७ को बीचमा रह्यो ।  १६९ कम्पनीका १५ लाख २७ हजार ७ सय ६ कित्ता शेयर खरिद बिक्रिबाट ४१ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।  

 आइतबारको कारोबारमा ट्रेडिङ समुहको उपसुचक बाहेक सबै उपसुचक घटेका छन् ।  विजय लघुवित्त, पन्चकन्या माई हाइड्रो, जनउत्थान सामुदायिक लघुवित्तले आफ्नो समुहमा धेरै गुमाएका छन् ।   समता माइक्रोफाइनान्स, उन्नति माइक्रोफाइनान्स , विजय लघुवित्तको सेयरमा आइतबारको कारोबारमा तिब्र उतारचढाब देखिएको छ।  उन्नतिको शेयर हालसम्म कै उच्च बिन्दुमा कारोबार भएको छ भने ग्रिन डेभलपमेन्ट बैंक, युनाईटेड मोदी हाइड्रो र छ्याङदी हाइड्रोको शेयर मूल्य हालसम्म कै कम बिन्दुमा कारोबार भएको छ । 

नेप्सेले अनलाइन कारोबार प्रणाली गरेको ३ महिना बिती सक्दा पनि प्रणालीमा समस्या आउने क्रम रोकिएको छैन ।  आइतबार पनि प्रणालीमा समस्या देखिएको थियो ।   कारोबार सकिंदा नेपाल टेलिकम , सिद्दार्थ बैंक , सिद्दार्थ इन्स्योरेन्स लगायतको शेयर १० कित्ता मात्र कारोबार भएको देखाएको थियो । 





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।


नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।







ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।









महत्त्वपूर्ण बजार समाचार 

दोस्रो त्रैमासमा नेपाल बैंकको खुद नाफा १.४० प्रतिशत बढेको छ, ईपिएस ३३.८७  ।    

दोस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा ८१.६९ प्रतिशतले बढेको छ, ईपिएस ७८.४७ ।    

दोस्रो त्रैमासमा स्वरोजगार लघुवित्तको खुद नाफा ३९.५९ प्रतिशतले बह्देको छ, इपिएस १७.५८ ।    

दोस्रो त्रैमासमा निर्धन उत्थान लघुवित्तको खुद नाफा २३.६७ प्रतिशतले बढेको छ , खुद नाफा ५५.५४ ।    

दोस्रो त्रैमासमा विजय लघुवित्तको खुद नाफा ९५.५४ प्रतिशतले बढेको छ, इपिएस २४.८९  ।    

दोस्रो त्रैमासमा बरुण हाइड्रोको खुद नाफा १०.५० प्रतिशतले घटेको छ, ईपिएस १०.७९ ।    

  सुर्योदय लघुवित्तले फागुन ११ गते बिशेष साधारणसभा डाकेको छ  ।    

वोमी माईक्रोफाइनान्सले फागुन ६ गते हकप्रद प्रस्ताव पारित गर्न बिशेष साधारणसभा डाकेको छ   ।    

किसान माइक्रोफाइनान्सले लिलाम राखेको शेयरको कट अफ मूल्य साधारणतर्फ ९३२ र संस्थापक तर्फ ८०१ कायम भएको छ  ।    

आशा लघुवित्तको आईपिओ बिक्रि जारी 

एनआईसी एसियाको ऋणपत्र बिक्रि जारी । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved