माघ २४ को रणनीति: ग्रीन लाइफको आइपीओ बिक्रि खुला, यस्तो देखियो आशा लघुवित्त सहित ९ संस्थाको प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2019 | 12:24:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारको सेयरकारोबारमा बजार परिसूचक नेप्से ७।३८ अंकले घटेर ११३९।७२ को बिन्दुमा ओर्लिएको छ। परिसूचक घटेपनि अघिल्लो दिनको तुलनामा २ प्रतिशतले बढेर २३ करोड ५६ लाखको सेयर कारोबार भएको छ।बुधबार १६७ कम्पनीका ७ लाख ४६ हजार ९४६ कित्ता सेयर कारोबारबाट २३ करोड ५६ लाखको कारोबार भएको हो।  

बुधबार समुहगत कारोबारमा सबै उपसमुहहरु घटेका छन। जसमा सबैभन्दा बढी जीवन बिमा र निर्जिबन बिमा कम्पनीका सेयरधनीले गुमाएका छन। जिबन बिमा समुह ४६।९५ अंकले घट्दा निर्जिबन बिमाको सूचक २७।५४ अंकले घटेको छ। 

बुटवल पावर कम्पनी लिमिटेड र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरको मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था र पन्चकन्या माइ हाइड्रोपावरको सेयरको मुल्य आफ्नो समुहमा धेरैले बढ्यो। बरुण हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स कम्पनी र नेशनल माइक्रोफाइनान्सको को सेयर मुल्यमा बुधबारको कारोबारमा धेरै उतारचढाब देखियो। 

नेपाल धितोपत्र बोर्ड, सेबोन र नेपाल स्टक एक्सचेन्ज नेप्से को निर्देशन पछ्याउदै सेयर ब्रोकरहरुले सिधै नेप्सेमा मार्जिन लेन्डिंगको लागि आबेदन दिन मिल्ने व्यवस्था भएको छ। यसका लागि सेयर ब्रोकरले आबेदनमा निबेदन, पछिल्लो नेटवर्थको विवरण सहित अडिट रिपोर्ट पेश गर्नुपर्नेछ। 


महत्तपूर्ण बजार समाचार 

-हाम्रो विकास बैंकको १ लाख १८ हजार १३७ कित्ता बोनस सेयर सुचिकृत 

-नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख कित्ता हकप्रद सुचिकृत 

-सिटि एक्सप्रेस फाइनान्सको २५ लाख कित्ता हकप्रद सुचिकृत 

-युनाईटेड इन्स्योरेंन्सको संचालक समितिबाट २४० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब 

-कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो त्रैमासको कमाई ४९ लाख २३ हजार 

-आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको दोस्रो त्रैमासको कमाई ४९७ प्रतिशतले बढेर ३१ लाख ५० हजार 

-किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको दोस्रो त्रैमासको कमाईमा ४१४ प्रतिशतले बढेर १ करोड १ लाख

-आशा लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको कमाई ८१ लाख ६४ हजार 

-जेबिल्स फाइनान्सको कमाई २६१ प्रतिशतले बढेर ९० लाख ६८ हजार 

आजका महत्त्वपूर्ण घटना 

-ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित स्थानीय दोलखाबासीलाई १८ लाख कित्ता आइपीओ बिक्रि खुला


उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।


आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved