माघ २७ को रणनीति:युनिभर्सल पावरको आइपीओ बिक्रीमा,यस्तो देखियो मेगा बैंक सहित ९ संस्थाको प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 11:50:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साताको अन्तिम दिन बजार परिसूचक नेप्से ०।१५ अंकले घटेर ११३९।५७ को बिन्दुमा ओर्लिएको छ। अघिल्लो दिनको तुलनामा सेयर कारोबार संख्या र रकममा सुधार देखिएको छ। सेयर कारोबार रकम बढेर २५ करोड ७६ लाख पुगेको छ भने कारोबारमा आएका १६४ कम्पनीबाट ८ लाख ८२ हजार ३०७ किटा सेयर ६ हजार ३१२ पटक कारोबार भएको छ। 

बैंकिङ, होटल, फाइनान्स र माइक्रोफाइनान्स समुहमा सामान्य वृद्धि देखियो भने जिबन बीमा र निर्जिबन बिमाले क्रमश ४३।५७ र २२।४८ अंक गुमाए।  

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य आफ्नो समुहमा सबैभन्दा धेरैले घट्यो भने सामुदायिक लघुवित्त वितिय संस्था, मेरो माइक्रोफाइनान्सले राम्रो गरे।  त्यस्तै सामुदायिक लघुवित, मेरो माइक्रोफाइनान्स र राधी बिद्युत कम्पनीको सेयरमुल्यमा बिहिबारको कारोबारमा तिब्र उतारचढाब रह्यो।



महत्त्वपूर्ण बजार घटना:

-राष्ट्रिय बाणिज्य बैंकको दोस्रो त्रैमासको कमाई ३४.९५ प्रतिशतले बढेर २ अर्ब ४० करोड, इपिएस ५३ रुपैयाँ ५३ पैसा

-मेगा बैंकको दोस्रो त्रैमासको कमाई ८६ प्रतिशतले बढेर ७३ करोड २० लाख, इपिएस १४ रुपैयाँ १३ पैसा 

-सेन्चुरी कमर्शियल बैंकको दोस्रो त्रैमासको कमाई ४१ प्रतिशतले बढेर ५१ करोड ९८ लाख, इपिएस १२ रुपैयाँ ८५ पैसा

-जनता बैंक नेपालको दोस्रो त्रैमासको कमाई ९०.२५ प्रतिशतले बढेर ६३ करोड ४६ लाख, इपिएस १५ रुपैयाँ ८७ पैसा 

-मिथिला लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको कमाई ४५.९४ प्रतिशतले बढेर ७१ लाख ३३ हजार, इपिएस २१ रुपैयाँ ६२ पैसा 

-नेपाल हाइड्रो डेभलपरको खुद मुनाफा २ करोड १५ लाख, इपिएस ८ रुपैयाँ २८ पैसा,

-ललितपुर फाइनान्सको खुद मुनाफा ३ करोड ३३ लाख इपिएस नेगेटिभ १४ रुपैयाँ ६ पैसा

-सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद मुनाफा ६८ प्रतिशतले बढेर ७ लाख १८ हजार. इपिएस १ रुपैयाँ २० पैसा

आजका महत्त्वपूर्ण घटना 

-महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार शुभारम्भ, नेपालको १९ औं जीवन बीमा

-युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ सर्वसाधारणमा बिक्रि खुला, 



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved