माघ २८ को रणनीति: यस्तो देखियो प्राइम बैंक सहित ५ संस्थाको प्रगति, कसरी लिने फाइदा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 11:56:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बजार परिसूचक नेप्से १२.०५ अंकले घटेर ११२७.५३ को बिन्दुमा पुगेको छ । आइतबार  ७ लाख ८२ हजार ४ सय ७७ कित्ता शेयर खरिद बिक्रि बाट २३.५२ करोडको कारोबार भएको छ । 

होटेल उपसुचक बाहेक अन्य सबै समुहगत सूचक घटेका छन् ।  जीवन बिमा, निर्जीवन बिमा र हाइड्रोको उपसुचक सर्बाधिक घटेको छ ।  श्री इन्भेस्टमेन्ट फाइनान्स, सामुदायिक लघुवित्त, अरुण काबेलीको सेयर मुल्य आफ्नो समुहमा सबैभन्दा धेरैले घट्यो भने आन्खु खोला हाइड्रो र रैरांग हाइड्रोले आफ्नो समुहमा  राम्रो गरे। त्यस्तै नेपाल इन्स्योरेन्स, श्री इन्भेस्टमेन्ट, सुर्य लाइफ इन्स्योरेन्सको सेयरमुल्यमा आइतबारको कारोबारमा तिब्र उतारचढाब रह्यो। 






महत्त्वपूर्ण बजार घटना:

दोस्रो त्रैमासमा प्राइम कमर्शियल बैंकको खुद नाफा ३३.९१ प्रतिशत बढेको छ, इपिएस २६.४१।

दोस्रो त्रैमासमा कन्चन डेभलपमेन्ट बैंकको खुद नाफा ६८.६९ प्रतिशत बढेको छ, इपिएस १३.५९।

दोस्रो त्रैमासमा सोल्टी होटेलको खुद नाफा ९७.०७ प्रतिशत बढेको छ, इपिएस ४.५६।

दोस्रो त्रैमासमा सानिमा माई हाइड्रोको खुद नाफा ५.०३ प्रतिशतले बढेको छ, इपिएस १०.८८।

दोस्रो त्रैमासमा आन्खु खोला हाइड्रोको खुद नाफा १२१.११ प्रतिशतले बढेको छ, इपिएस ०.५० ।

दोस्रो दिनसम्म युनिभर्सल पावरको आईपिओ ३८ प्रतिशत बिक्रि भएको छ ।

अपि पावरको २०० प्रतिशत हकप्रदले ग्रेड ४ को रेटिंग पाएको छ ।

एनसीसी बैंकको ७९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।

इमार्जिंग नेपालको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

लक्ष्मी बैंकको साधारणसभा आजा हुदैछ ।

बेस्ट फाइनान्सको साधारणसभाको लागि आज बुक क्लोज ।

वोमी माइक्रोफाइनान्सको बिशेष साधारणसभाको लागि आज बुक क्लोज ।





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा जनता सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित   ५ बैंकको सेयर महँगो सुचिमामा छन।





ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved