फागुन १२ को लगानी रणनीति: एनआइसी एसिया सहित ५ संस्थाका डेढ करोड बढी कित्ता सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 10:57:26 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साता पुरै पांच दिन सेयरकारोबार भएको छ। जसमा बजार परिसूचक नेप्से शुन्य दशमलब ८४ अंकले घटेर १११३ दशमलब ०७ को बिन्दुमा ओर्लिएको छ। 

गत साताको अन्तिम कारोबारको दिन १६ करोड ४४ लाख रुपैयाँको मात्र सेयर खरिद बिक्रि भएको छ। ७ हजार १३९ पटकमा १५५ कम्पनीका ४ लाख ७५ हजार ७६६ कित्ता सेयर किनबेच भएको छ। तीन उप्सुचक माइक्रोफाइनान्स, हाइड्रोपावर र उत्पादन समुहका सूचकहरु बढेका छन भने बाँकी अन्य सूचकहरु ओरालो लागेका छन।   

हिमालयन डिस्ट्रिलरी र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमुल्य  आफ्नो समुहमा सबै भन्दा बढीले घटेको छ भने त्यहीं  चौतारी लघुवित्त वित्तीय संस्था र वोमी माइक्रोफाइनान्स र नागबेली लघुवित्त बिकास बैंकको सेयर मुल्य आफ्नो समुहमा सबै भन्दा धेरैले बढेको छ।   त्यस्तै वोमी माइक्रोफाइनान्स, गुराँस लाइफइन्स्योरेन्सको सेयरमा गत बिहिबारको कारोबारमा तिब्र उतारचढाब देखिएको छ।


महत्त्वपूर्ण बजार समाचार 

-नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआइसी एसियाको ८० लाख ३१ हजार ११७ कित्ता बोनस सेयर सुचिकृत

-सेन्चुरी कमर्शियल बैंकको १८ लाख ७० हजार २७४ कित्ता हकप्रद सुचिकृत 

- चिली हाइड्रोपावरको २० प्रतिशतले हुन आउने ७९ लाख ३० हजार २२६ कित्ता बोनस सेयर सुचिकृत 

-किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद बराबरको २ लाख ४० हजार २५० कित्ता सेयर सुचिकृत 

-कृषि विकास बैंकले सब्सिडी ऋण शिर्षकमा बिना कोल्याटरल लोन दिने 

-चौतारी लघुवित्तको मर्जर तथा एक्जिविसनको समाचारले सेयर मुल्यमा पोजिटिभ सर्किट 

-साधना माइक्रोफाइनान्सले आर्थिक समृद्धि माइक्रोफाइनान्सलाई एक्वायर गर्ने, 

-ग्लोबल आइएमई बैंकको १०.२५ प्रतिशतको ग्लोबल आइएमई बैंक डिबेन्चरलाई इकरा नेपालबाट एलए माइनस ग्रेडिंग, जस्ले न्यून क्रेडिट जोखिम र लगानी सुरक्षित भन्ने जनाउछ

-साइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा १७.७ प्रतिशत बोनस वितरण,  

-महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाद्वारा ८ प्रतिशत नगद वितरण,

महत्त्वपूर्ण घटना 

-एनआइसी एसियाको '१० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६ बिक्रीमा

-शिबम सिमेन्टको आइपीओ बिक्रि खुला 

 


उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा जनता सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।


ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।







आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved