नाडेप लघुवित्त र आइएमई जेनेरलको सेयर लिलाममा, एसियन लाइफको हकप्रदलाई बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 10:37:11 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिनको कारोबारमा नै बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर ११०२।३२ को बिन्दुमा ओर्लिएको छ। त्यस्तै कारोबार रकम समेत २० करोड ९ लाखमा सिमित भएको छ। आइतबारको सेयर कारोबारमा उत्पादन समुह बाहेकका उपसूचक घटेर रातो भएका छन। 

आइतबारको कारोबारमा भार्गव विकास बैंक, किसान माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरको मुल्य आफ्नो समुहमा धेरैले  घटेको छ भने एक्सेल डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयर मुल्य आफ्नो समुहमा तुलनात्मक रुपमा बढेको छ। त्यस्तै भार्गब बिकास बैंक, हिमालयन पावर पार्टनर र अरुण काबेली पावर लिमिटेडको सेयर मुल्यमा आइतबरको कारोबारमा तिब्र उतारचढाब रह्यो। 


महत्त्वपूर्ण बजार समाचार:

-शिवम सिमेन्टले सर्वसाधारणको लागि जारि गरेको साधारण सेयर बिक्रि, तर स्थानीयको लागि छुट्याएको सेयर बिक्रि हुन बाँकी 

-माउन्टेन हाइड्रोलाई इकरा नेपालबाट ग्रेड ४ प्राप्त, यसले कम्पनीको अवस्था औषत भएको जनाउछ,

-लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १६ औं बार्षिक साधारण चैत ४ गते, १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव 

-एसियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदको लागि फागुन २२ लाई बुक क्लोज तय

-आइएमई जेनेरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रदमा २.३७ प्रतिशत हकप्रद अवितरित, उक्त सेयर लिलाम बढाबढ मार्फत बिक्रि हुने 

-नाडेप लघुवित्तको शतप्रतिशत हकप्रदबाट हुन आउने माध्ये ६१ हजार २३६ कित्ता अवितरित, उक्त सेयर लिलाम बढाबढ मार्फत बिक्रि हुने

आजका महत्त्वपूर्ण घटना 

-पांचथर हाइड्रोपावरको १६ लाख २७ हजार ७३३ कित्ता आइपीओ आजदेखि बिक्रि खुला

-शिवम सिमेन्टको आइपी बिक्रिमा 



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा जनता सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।


ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन। 
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved