सेन्ट्रल फाइनान्सको ५ औं बार्षिक साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 11:49:26 AM मा प्रकाशित

laxmi  sunrise bank

केहिदिनको अन्तरालपछि सेयर कारोबारमा बजार परिसूचक नेप्से सकारात्मक देखिएको छ। सोमबारको कारोबारमा ७।४१ अंकले बढेर नेप्से ११०९।७३ को बिन्दुमा उक्लिएको छ। 

सोमबारको कारोबारमा ७ लाख २० हजार ८४५ कित्ता सेयर कारोबार हुँदा २० करोड ३ लाख रुपैयाँको कारोबार भएको छ। नेप्सेले ७ अंक जोड्दा फाइनान्स बाहेक अन्य उपसूचक बढेर हरियो बनेका छन। 

मिथिला लघुवित्त वित्तीय संस्था, राधि हाइड्रोपावरको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेका छन भने आन्खुखोला जलबिद्युत कम्पनी, प्रुडेन्शियल इन्स्योरेन्स कम्पनी र  नेको इन्स्योरेन्स कम्पनीको सेयर मुल्य आफ्नो समुहमा धेरैले बढेका छन। त्यस्तै सहयोगी विकास बैंक, आन्खुखोला जलबिद्युत कम्पनी र राधि हाइड्रोपावरको सेयरमा सोमबारको कारोबारमा तिब्र उतारचढाब रह्यो।


महत्त्वपूर्ण बजार समाचार:

-नाडेप लघुवित्तको दोस्रो त्रैमासको खुद मुनाफा ५३.४४ प्रतिशतले घटेर १ करोड ४२ लाखमा सिमित

-एनआईसी एसियाको डिबेन्चर निष्काशनको आज अन्तिम दिन 

-युनिभर्शल पावर कम्पनीको आइपीओ बाँडफाँड फागुन १५ गते 

-सेन्ट्रल फाइनान्सको ५ औं बार्षिक साधारणसभा चैत ५ मा, ७ प्रतिशत नगद लाभांश प्रस्ताव  

-शिवम सिमेन्टको आइपीओमा आबेदनको आज अन्तिम दिन 

-एनआइसी एसियाले महिला उद्यमीहरुलाई सहुलियतमा १० लाख कर्जा दिने 

-राष्ट्रिय बाणिज्य बैंकको १३ औं बार्षिक साधारणसभा चैत ४ मा 

आजका महत्त्वपूर्ण घटना 

-पांचथर पावर कम्पनीको आइपीओ निष्काशनको दोस्रो दिन, न्युनतम १० कित्ता भर्न सकिने, १६ लाख २७ हजार ७३३ कित्ता बिक्रिमा, पहिलो दिनमा नै ५ लाख १२ हजार ४० कित्ताको माग



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।


आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved