युनिलिभरको कमाईमा उल्लेख्य प्रगति, युनाईटेड इन्स्योरेन्सको हकप्रद पारित, के छ आजको लगानी रणनीति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 11:11:17 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साताको अन्तिम दिन बुधबार बजार परिसूचक नेप्से २.९७ अंकले बढेर  ११०३.५३ को बिन्दुमा उक्लिएकोछ। त्यस्तै कारोबार रकम समेत २१ करोड ९९ लाखमा सिमित भएको छ।  

बुधबारको कारोबारमा परिसूचक सामान्य अंकले बढ्दा समुहगत सूचकहरु समेत सकारात्मक देखिएका छन। जसमा सबैभन्दा बढी जीवन बीमा र निर्जीवन बिमा क्रमश २०.५२ अंक र १७.०३ अंकले बढेको छ। त्यस्तै बैंकिङ २.८९ अंकले बढेको छ भने हाइड्रोपावर २.१३ अंकले बढेको छ। यता माइक्रोफाइनान्स र विकास बैंक क्रमश २.३७ र ३.०८ अंकले घटेका छन।   

महत्त्वपूर्ण बजार समचार:

-युनिलिभर नेपाल लिमिटेडको दोस्रो त्रैमासमा उल्लेख्य प्रगती, खुद मुनाफा १०९ प्रतिशतले बढेर ३२ करोड ७ लाख, इपिएस ३.४८ पैसा 

-मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन, 

-अपि हाइड्रोले ४० मेगावाट उपर चमेलिया हाइड्रो प्रोजेक्टको लागि नेपाल बिद्युत प्राधिकरणसंग पीपीए सम्झौता 

-चौतारी लघुवित्त वित्तीय संस्थाको तेस्रो बार्षिक साधारणसभा चैत १६ गते, मर्जर तथा एक्विजिसन मुख्य प्रस्ताब 

-युनाईटेड इन्स्योरेन्स कम्पनीको बिशेष साधारणसभाबाट २४० प्रतिशत हकप्रद बिक्रिको प्रस्ताब पारित, चुक्तापुँजी १ अर्ब २ करोड पुग्ने

-एनएमबि बैंकले ३ अर्ब बराबरको '१० प्रतिशत एनएमबि बैंक डिबेन्चर २०८५ जारि गर्ने' 


आजका महत्त्वपूर्ण घटना 

-प्रभु बैंकको १७ औं बार्षिकसाधारणसभा, ८ प्रतिशत बोनस प्रस्ताब 

-मेरो माइक्रोफाइनान्सको १:१ को दरले हकप्रद बिक्रि खुला 

-ग्लोबल आइएमई बैंकको '१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८०/८१'  इकाई बिक्रिको अन्तिम दिन 



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।


डेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved