फागुन २६ को लगानी रणनीति: दुई संस्थाको आइपीओ बिक्रीमा, नेप्से सूचकबारे यस्तो छ आजको प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 12:27:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता ४ दिन सेयर कारोबार हुँदा बजार परिसूचक नेप्से १६.०१ अंकले बढेर ११२७.७७ को बिन्दुमा उक्लिएको छ। गत साताको अन्तिम दिन २९ करोड ३९ लाखको सेयर कारोबार भएको छ। उत्पादन बाहेक अन्य समुहहरु बढेका छन ।

सिभिल लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मुल्य आफ्नो समुहमा धेरैले घट्यो भने पुर्णिमा विकास बैंक र जेबिल्स फाइनान्स तथा नेशनल हाइड्रोपावरको सेयर मुल्य आफ्नो समुहमा धेरैले बढ्यो । त्यस्तै पुर्णिमा विकास बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावरको सेयर मुल्यमा तिब्र उतारचढाब रह्यो ।


महत्त्वपूर्ण बजार समाचार:

-सप्तकोशी डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस सेयर बापतको   १ लाख ५२ हजार ५५३ कित्ता सेयर सुचिकृत, 

-सेन्ट्रल फाइनान्सको ८.७७ प्रतिशत बोनस सेयर बापतको ६ लाख ६३ हजार ८४६ कित्ता सेयर सुचिकृत

-नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैकको औपचारिक कारोबार   

-सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको पांचथर पावर कम्पनीको आइपीओ बाँडफाँड,

महत्त्वपूर्ण बजार घटना 

-स्पर्स लघुवित्त वित्तीय संस्था को २ लाख ६९ हजार ६३० कित्ता आइपीओ बिक्रीमा, चैत २९ सम्म आबेदन खुला 

-माउन्टेन हाइड्रोको १७ लाख ३९ हजार ७८८ कित्ता आइपीओ बिक्रि खुला, फागुन २८ सम्म आबेदन खुला 



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने एभरेस्ट सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved