तीन संस्थाको आइपीओ बिक्रीमा, सिद्दार्थ र सानिमाको डिबेन्चर सुचिकृत, यस्तो छ आजको कारोबार प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 11:28:10 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन नेप्सेको सिस्टममा समस्या आएपछि १२।४१ सम्म मात्र सेयर कारोबार भयो। झन्डै पौने दुई घण्टा मात्रै बजार खुल्दा बजार परिसूचक नेप्से ०।९४ अंकले उकालो लागेर ११२८।६५ को बिन्दुमा उक्लिएको छ। त्यस्तै पौने दुई घण्टा बजार खुल्दा १० करोड १ लाख को मात्रै सेयर किनबेच भएको छ। 

आइतबारको सेयर कारोबारमा निर्जिबन बीमा, हाइड्रोपावर र माइक्रोफाइनान्स समुह ओरालो लागेका छन भने अन्य उपसूचकहरु बढेका छन। तिनाउ डेभलपमेन्ट बैंक, राइरांग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरको मुल्य आफ्नो समुहमा धेरैले घाटको छ भने सानिमा माइहाइड्रो , प्रुडेशियल  इन्स्योरेन्स कम्पनीको सेयर मुल्य आफ्नो समुहमा धेरैले बढ्यो। त्यस्तै हिमालयन पावर पार्टन, पुर्णिमा विकास बैंक र सानिमा माइहाइड्रोको सेयरमा तिब्र उतारचढाब रह्यो। 


आजका महत्त्वपूर्ण घटना 

-नबिल बैंकको ३४ औं बार्षिक साधारणसभा, २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस प्रस्ताब 

-एक्सेल डेभलपमेन्ट बैंकको १७ औं बार्षिक साधारणसभा प्र्योज्जनलाई बुक क्लोज आज, ७ प्रतिशत नगद लाभांश प्रस्ताब 

-कालिका पावर कम्पनीको बुक क्लोज आज 

-स्पर्स लघुवित्तको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ बिक्रीमा, आबेदन दिने अन्तिम मिति फागुन २९  

-माउन्टेन हाइड्रोको १७ लाख ३९ हजार ७८८ कित्ता आइपीओ बिक्रीमा, आबेदन दिने अन्तिम मिति फागुन २८  

महत्त्वपूर्ण बजार समाचार 

-साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन

-नागरिक लघुवित्त वित्तीय संस्थासंग मर्जर तथा प्राप्तिको सहमति पश्चात वोमी माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का 

-नेप्सेमा आशा लघुवित्त वित्तीय संस्थाको २० लाख ७४ हजार कित्ता सेयर सुचिकृत, सोमबार (फागुन २७) देखि सेयर कारोबार सुरु 

-नेप्सेमा सिद्दार्थ बैंकको सिद्दार्थ डिबेन्चर अन्तर्गको २१ लाख ६२ हजार ५५९ कित्ता सुचिकृत, साढे १० प्रतिशत ब्याज, २०८२ मा सावाँ फिर्ता 

- नेप्सेमा सानिमा बैंकको सानिमा डिबेन्चर अन्तर्गतको १२ लाख ५४ हजार ७१२ कित्ता सुचिकृत, साढे १० प्रतिशत ब्याज, १० बर्षमा (२०८५) मा सावाँ फिर्ता 

-शिबम सिमेन्टको सेयर रजिष्टारमा सिद्दार्थ क्यापिटल नियुक्त 

- स्पर्स लघुवित्तको आइपीओमा लगानीकर्ताको उल्लेख्य सहभागित, पहिलो दिनमा नै करिब ९ गुणा बढीको आबेदन 

-माउन्टेन हाइड्रोपावरको आइपीओ दोस्रो दिनमा ८८ प्रतिशत बिक्रि, 

- ग्रिन लाइफ हाइड्रोले दोलखाका स्थानीयलाई बिक्रिमा राखेको १८ लाख कित्ता सेयरमा ४ प्रतिशत मात्रै आबेदन, माघ २२ देखि बिक्रि खुला भएको हाइड्रोको सेयरमा आबेदन दिने आज अन्तिम दिन 






उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने एभरेस्ट सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।


ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved