स्पर्श लघुवित्तको आइपीओ भर्ने अन्तिम दिन, इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 11:03:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा कारोबारको तेस्रो दिन बजार परिसूचक नेप्से २० दशमलब ३३ अंकले बढेर ११६३।२६ को बिन्दुमा उक्लिएको छ। कारोबार रकममा समेत उल्लेख्य सुधार भई ५२ करोड ७७ लाख पुगेको छ। 

मंगलबार कारोबारमा आएका १७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता सेयर ७ हजार ६७९ पटक किनबेच हुँदा ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। यसदिन समुहगत उपसूचकमा सबै समुह बढेर हरिया भएका छन। जसमा सबैभन्दा बढी जीवन बीमा, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समुह धेरै अंकले बढेका छन। 

भार्गब बिकास बैंक, आन्खुखोला जलबिद्युत कम्पनी र अपि पावर कम्पनीको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेका छन भने  सिनर्जी पावर डेभलपमेन्ट, हिमालयन  पावर पार्टन लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनीको सेयर मुल्य आफ्नो समुहमा धेरैले बढेका छन। त्यस्तै मंगलबारको सेयर कारोबारमा हिमालयन पार्टनर पावर, सिनर्जी पावर र नेशनल हाइड्रो पावरको सेयरमा तिब्र उतारचढाब रह्यो।महत्त्वपूर्ण समाचारमा नेपाल राष्ट्र बैंकले बाउन्स चेकजारी गर्नेमा सख्त रणनीति अपनाएको छ ।



महत्त्वपूर्ण बजार समाचार 

-नबिल बैंकको ३४ औं बार्षिकसाधारणसभाबाट २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस  पारित

-नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्स लिमिटेडको स्वाप डीडीए पछि निर्धारण 

-जेबिल्स फाइनान्सको ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर चैत ५ देखि १३ सम्म लिलाममा 

-सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बार्षिक साधारणसभा चैत २३ मा, ६६.६६ प्रतिशत हकप्रद प्रस्ताब 

-रिलायन्स फाइनान्सको २.६३ प्रतिशत नगद लाभांश प्रस्ताब 

-माउन्टेन हाइड्रोको आइपीओमा १.३ गुणा बढीले आबेदन

आजका महत्त्वपूर्ण घटना 

 -स्पर्स लघुवित्तमा आबेदन दिने आज अन्तिम दिन, अहिलेसम्म २३ गुणा बढीले आबेदन 

-चौतारी लघुवित्त वित्तीय संस्थाको आगामी एजीएमको लागि बुक क्लोज आज 

-नागबेली लघुवित्त वित्तीय संस्थाको एजिएमको लागि आज बुक क्लोज, ९.३८ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

 




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने एभरेस्ट सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved