युनियन हाइड्रोले चैत्र १३ देखि आईपिओ निष्काशन गर्ने, सनराइज बैंकलाई ऋण पत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 11:20:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से ५.९९ अंकले बढेर ११६१.४५ को बिन्दुमा पुगेर रोकिएको छ । यस दिन १ सय ७२ कम्पनीका १४ लाख ७७ हजार ८ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट ३७ करोड १२ लाखको कारोबार भएको छ । 

होटेल्स , विकास बैंक र अन्य बाहेकका सबै समूहगत सूचक बढेका छन् । जीवन बिमा कम्पनीको सूचक सबै भन्दा धेरै ४५.८५ अंकले बढेको छ भने होटेल समुहको सबै भन्दा धेरै २०.३६ अंकले घटेको छ । 

तिनाउ विकास बैंक, घलेम्दी हाइड्रोले आफ्नो समुहमा सबै बह्न्दा धेरै गुमाएका छन् भने आशा लघुवित्त, सिन्धु विकास बैंकले आफ्नो समुहमा सबै भन्दा धेरै कमाएका छन् । 

नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको एक रिपोर्ट अनुसार आर्थिक बर्षको पहिलो ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८.७ प्रतिशतले बढेको छ । 




महत्तपूर्ण बजार समाचार 

- नेपाल धितोपत्र बोर्डले प्रदेश नम्बर २ मा शेयर सचेतना कार्यक्रम संचालन गरेको छ 

-युनियन हाइड्रोले चैत्र १३ गतेदेखि सर्वसाधारणलाई ३५ लाख ५४ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ 

-सनराइज बैंकले १० प्रतिशत ब्याज दिने गरी १ अर्बको ऋणपत्र निष्काशनको अनुमति पाएको छ 

-ग्लोबल आईएमई बैंकले गाम्भे भएपछि हाथवे फाइनान्सको कारोबार रोक्का भएको छ 

-माउन्टेन हाइड्रोको आईपिओ बाँडफांड भएको छ 

-मितेरी डेभलपमेन्ट बैंकले चैत्र ९ गतेको लागि साधारणसभा आह्वान गरेको छ 

-राष्ट्रिय बाणिज्य बैंक र लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल आज सोमबार साधारणसभा गर्दै छन् 






उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने एभरेस्ट सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन। ............................................................................................................................................................................................................................................................................................








आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved