यी ५ शर्त पुरा गरे लघुवित्तहरुले पनि विद्युतीय भुक्तानी सेवा दिन पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 08:12:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले पनि विद्युतीय भुक्तानी सेवा प्रदायकको सेवा संचालन गर्न पाउने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त लघुवित्तीय संस्थाहरुलाई ५ मापदण्ड तोकेर सेवा संचालन गर्ने अनुमति दिने भएको छ ।

राष्ट्र बैंकले मनाग्ल्बार एक निर्देशन जारि गर्दै यस्तो ब्यबस्था गरेको हो  ।

यस्ता छन् मापदण्ड ।

१) चुक्ता पुँजी कम्तिमा १० करोड रुपैयाँ हुनु पर्ने ।

२) कम्तिमा २० शाखा संचालन रहेको हुनु पर्ने ।

३) कम्तिमा २० हजार ग्राहकसंग कारोबार गरेको हुनु परबे ।

४) राष्ट्र बैंकमा पेश गर्नुपर्ने तथ्यांक अनलाइन मार्फत पेश गर्ने प्रतिबद्वता पत्र पेश गरेको हुनुपर्ने  । र 

५)  बिश्वशनीय र भरपर्दो सूचना प्रविधि प्रणालीको प्रयोग गरेको हुनुपर्ने ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved