एनएमबि माइक्रोफाइनान्सको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2018 | 11:42:47 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले १५ प्रतिशतले हुन आउने २ करोड ११ लाख ३१ हजार २ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९४७४ प्रतिशतले हुन् आउने ११ लाख १२ हजार १ सय ७१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।  

कम्पनीको उक्त्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी १४ करोड ८ लाख रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी १६ करोड २० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved