'महङ्गो ब्याजमा पैसा लगाउने लघुवित्त हुन सक्दैनन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 11:59:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले लघुवित्त संस्थाहरु ग्रामिण क्षेत्रमा जानु पर्नेमा जोड दिएका छन् ।  दोस्रो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उनले लघुवित्तहरु शहरी र चक्रपथभित्रभन्दा पनि ग्रामीण क्षेत्रमा जानु पर्ने बताएका हुन् ।

त्यस्तै उनले देश विकास र गरीबी निवारण अभियानमा सहभागी हुन पनि लघुवित्त संस्थालाई अपिल गरेका छन् ।   लघुवित्त न्यून आय भएका र गरीब जनताको हितका लागि स्थापना भएको संस्था रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने “महङ्गो ब्याजमा पैसा लगाउने लघुवित्त हुन सक्दैनन्, सञ्चालकको रुचि होइन, लक्षित समूहको हित हेर्नुपर्छ, उनीहरुलाई सेवा दिनुपर्छ”,  । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघुवित्तको ठूलो योगदान हुने बताउँदै उनले साना लगानीबाट ठूला उद्यम भएका उदाहरण थुप्रै भएको बताए । 


प्रधानमन्त्री ओलीले सुगमदेखि दुर्गमसम्मको सहभागिता रहेकाले लघुवित्तका सदस्य समृद्ध र सुखी भए गरीबीको समस्या आधा हल हुने विश्वास व्यक्त गर्दै लघुवित्तको विकासलाई बाधा पर्ने कुनै कानून भए सरकार संशोधन गर्न तयार रहेको बताए  । “कुन कारणले कसरी अप्ठ्यारो परेको छ, सम्मेलनबाट सुझाव दिनुहोस्”, उनले भने, “सरकार लघुवित्तलाई सहयोग गर्न बसेको छ ।”  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved