आँधिखोला लघुवित्तलाई मर्जर/प्राप्तीबाट पूँजी बढाउने बाटो खुला, आइपीओ प्रस्ताब पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 09:50:34 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्गजामा केन्द्रिय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नरेश केसीको अध्यक्षतामा सम्पन्न सभाले उपयुक्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ। 

त्यस्तै सभाले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने प्रस्ताब समेत पास गरेको छ। सभामा अध्यक्ष केसीले आइपीओ निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाइ सेयर निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरेको जानकारी गराए। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले आगामी दिनमा ग्रामिण क्षेत्रलाई लक्षित गरि शाखा बिस्तार गर्ने बताए।  आँधिखोला लघुवित्तले हाल १० जिल्लामा १९ वटा शाखा कार्यालय मार्फत १२७३९ सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ। यस अवधिमा लघुवितको कर्जा परिचालन  ५२ करोढ बढि र निक्षेप परिचालन १५ करोड भन्दा वढि रहेकोछ । संस्थाको हाल अधिकृत पुँजी १५ करोड ,जारी पुँजी १० करोड र चुक्ता पुँजी ६ करोड रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved