सक्षम र साना किसान लघुवित्तको साझेदारीले साना किसानहरु लाभान्वित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 10:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान बिकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्णाली प्रदेशमा वित्तीय पहुँचको विस्तार परियोजनाको थालनी गरेको छ। लघुवित्तले युकेएड सक्षम एक्सेस टु फाइनान्ससंगको साझेदारीमा उक्त परियोजना थालेको हो। 

यस परियोजनामार्फत लघुवित्तले कर्णाली प्रदेशमा शाखा कार्यालय, ४० वटा नयाँ साना किसान कृषि सहकारी लिमिटेड स्थापना गर्न र २५० वटा साना किसान कृषि सहकारी लिमिटेडले डिजिटाइज गर्न सहयोग गरिरहेको छ। 

यसै परियोजनाअन्तर्गत साना किसान कृषि सहकारी संस्था उत्तरगंगा र लाटीकोहीलीलाई ५० – ५० लाखको ऋण स्वीकृतको चेक हस्तान्तरण भएको छ। यस साझेदारीमार्फत साना किसान कृषि सहकारी लिमिटेडहरू आफ्ना २४,००० भन्दा बढी सदस्यहरूसम्म पुग्नेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved