मिर्मिरे लघुवित्तद्धारा वित्तिय साक्षरता प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 10:04:40 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्तले नेपाल प्रहरी र स्थानीय तह सँगको सहकार्यमा वित्तीय साक्षरता र समुदाय प्रहरी साझेदारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको सल्यानको थारमारे र श्रीनगर शाखा कार्यालयले उक्त कार्यक्रम गरेको हो ।

१०० जना महिलाको उपस्थितिमा भएको कार्यक्रममा समाजमा घट्ने विभिन्न खालका घटना, महिला हिंसाका, बलत्कार, बैंकिङ्ग कसुर साथै समुदायले कसरी प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै, वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन, कर्जा सदुपयोगिता आदिको बारेमा छलफल साथै फोटो तथा अन्य श्रव्य सामाग्री प्रदर्शनी मार्फत जनचेतना मुलक कार्यक्रम गरिएको हो । महिला हिंसा न्यूनिकरण, उद्यमशीलतामा लघुवित्तको भूमिकाका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको मिर्मिरे लघुवित्तले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved