जनउत्थान लघुवित्तद्वारा कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 10:08:04 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले फिल्डमा कार्यरत कर्मचारीहरुलाइ जोखिम व्यवस्थापन तालिम प्रदान गरेको छ । संस्थाले आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा जेठ २४ र २५ गते बुटवल, रुपन्देहीमा संस्थाका १७ वटा शाखा कार्यालयका ५४ जना फिल्ड कर्मचारीहरुलाई तालिम दिएको हो । 

तालिममा संस्थाको अध्यक्ष बावुराम विश्वकर्माले संस्थामा कार्यरत कर्मचारीहरुको निष्पक्ष रुपमा कार्यसम्पादन मूल्याङ्कन हुने र यस संस्थामै कर्मचारीहरुलाई अवसर प्रदान गरिने हुँदा संस्थागत हकहितको निमित्त उत्प्रेरित भई फिल्डमा कार्य गर्न निर्देशन दिएका थिए । संस्थाको संक्षिप्त प्रगति विवरण संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले प्रस्तुत गरेका थिए ।

लघुवित्त सञ्चालन प्रक्रिया, समुह तथा बैंकिङ्ग समुदाय व्यवस्थापन, कर्जा विश्लेषण तथा कर्जा सदुपयोगिता व्यवस्थापन, भाखा नाघेका कर्जाहरुको व्यवस्थापन, फिल्ड कर्मचारीहरुको भूमिका तथा दायित्व, सफ्टवयर तथा भौचिङ्ग, कर्मचारी उत्प्रेरणा तथा ग्राहक संरक्षण सिद्धान्त, जोखिम तथा कैफियतहरुको व्यवस्थापन लगाएतका विषयहरुमा  तालिममा छलफल भएको थियो ।

हाल १९ जिल्ला कार्य क्षेत्र रहेको संस्थाले ३९ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved