हावाहुरी पिडितलाई जनउत्थानको राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 09:16:21 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हावाहुरी प्रभावितलाइ राहत बितरण गरेको छ । लघुवित्तले कन्चनपुर जिल्लाको लालझाडी शाखामा आबद्ध सदस्यहरुलाइ जेष्ठ २३ गते आएको बिनासकारी हावाहुरीले क्षेती पुराएको मुल्यांकन गर्दै राहत बितरण गरेको हो । 

संस्थाले असार ६ गते लालझाडी शाखाका सदस्यहरु ४६ जनालाई रु ७१ हजार र रैकवार बिचवा शाखाबाट ३९० जनलाई रु ७ लाख १७ हजार रातवितरण गरेको संस्थाका आन्तरिक लेखापरिक्षक बसन्त पचभैयाले बताए ।

संस्थाले सदस्यको बच्चा जन्म हुदा सुत्केरी सुविधा,मृत्यु हुदा कागक्रिया, प्राकृतीक प्रकोप राहत सुविधा र सदस्यको मृत्यु भएको अवस्थामा कर्जा मिनाहा गदै आएको छ । यस आ।व।मा सुत्केरी सुविधा १६७ जनालाई २ लाख ४८ हजार, काजक्रिया खर्च ४४ जनालाई १ लाख ३१ हजार, ऋण मिनाह २३ जनालाई ९ लाख ७० हजार ९ सय ५८, आर्थीक बिपन्न भएको १२ जनालाई रु ५० हजार र प्राकृतीक प्रकोप हावाहुरी पिडित ४३६ जनालाई ७ लाख ८८ हजार राहत वितरण गरेको पचभैयाले बताए ।

१९ जिल्ला कार्य क्षेत्र रहेको संस्थाले  ३९ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved